अभावका विचमा सफलता खोज्दै कास्कीका फेन्सिङ खेलाडी

पोखरा स्पोर्टस । कास्कीमा फेन्सिङ खेल फस्टाएको धेरै भएको छैन । पछिल्लो समयमा फेन्सिङ खेलतर्फ यूवा खेलाडीहरुको आकर्षण बढ्दै गएको छ । तर उनीहरु धेरै कठिनाई झेल्दै आएका छन् । तर पनि उनीहरु अभावमा समेत सफलता खोज्दैछन् ।

प्रशिक्षण गर्ने समेत ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई उर्जा थप्न स्थायी प्रशिक्षणस्थलको खोजीमा छन् उनीहरु । पश्चिमाञ्चल क्षेत्रिय खेलकुदले एक महिना अगाडि मात्रै पोखरा रंगशालामा रहेको बहुउद्धेश्यिय कभर्ड हलमा अस्थायी प्रशिक्षणमा व्यस्त छन् खेलाडीहरु । त्यो व्यवस्था राखेपका सदस्य राजेश कुमार गुरुङले मिलाएका थिए ।

नवौं राष्ट्रिय खेलकुदको तयारीमा रहेका खेलाडीहरुलाई उर्जा थप्न राखेप सदस्य गुरुङले उनीहरुको प्रशिक्षण अवलोकन गरे । आर्थिक अवस्था कमजोर रहेर प्रशिक्षणमा परेको समस्यामा रहेका खेलाडीहरुलाई राखेप सदस्य गुरुङले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरे । सहयोग हस्तान्तरण गर्दै उनले ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए । गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत हुन् ।

आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपाली अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए ।

कास्की जिल्लामा झण्डै ६० जना फेन्सिङ खेलाडी रहेको भएपनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । हुनत यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्’ उनले भने । फेन्सिङका खेलाडीले गरेको तयारीका आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपटक महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाई छ ।

‘‘त्यती मात्र होइन खेलका लागि आवश्यक इकुप्मेन्ट नहुँदा खेलाडीहरुलाई समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् । गुनासो खासै सुनुवाई भएको छैन । तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौँ’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close