बिटी क्लबको अध्यक्षमा ‘अशिम’ निर्विरोध

पोखरा स्पोर्टस । पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको बुद्ध टोल युवा क्लबाको अध्यक्षमा अशिम थापा चयन भएका छन् ।

आज (शनिबार) सम्पन्न क्लबको दोस्रो अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि अशिम थापाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएका हुन् । नवनिर्वाचित समितिको उपाध्यक्षमा सन्तोष गुुरुङ, सचिवमा रेशम सापकोटा, सह–सचिवमा विकास केसी र कोषाध्यक्षमा दिपक कार्की सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।

यसै गरी समितिको सदस्यहरुमा कैलाश गुरुङ, अनुुप पुुन, अर्जुुन परियार, बिनोद गुरुङ, निकेश गुरुङ, संगम दर्जी, कुुमार गुरुङ, राज गुरुङ, अनिता गुरुङ र एनि गुरुङ चुनिएकी छिन् ।

त्यसैगरि समितिको सल्लाहकारमा प्रदीप राई, राधा गुरुङ, मुक्ति सागर गुरुङ र बिनिता गुरुङलाई चयन भएका छन् ।

सामाजिक क्रियाकलाप तथा खेलकुदमा विशेष सक्रिय रहदैं आएको सो क्लबले स्वर्गीय विरेन गुरुङको स्मृतिमा प्रत्येक वर्ष पोखराकै सर्वाधिक राशीको ‘सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिता’ आयोजना गर्दै आएको छ । सो क्लबले कोरोना महामारीको समयमा केयौं विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्नका समाग्री तथा स्वास्थ्य समाग्रीहरु प्रदान समेत गरेको थियो ।

यसअघि क्लबको अध्यक्षका रुपमा विजया गुरुङले नेतृत्व गर्दै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close