
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश प्रहरी तयार रहेको प्रदेश प्रहरी एवम प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) रामदत्त जोशीले बताएका छन् ।
https://www.facebook.com/PokharaSport/videos/460665742734538https://fb.watch/eG6tMYxXuN/

३९ वर्ष पछि गौरवको रुपमा गण्डकीमा आयोजना हुन लागेको राष्ट्रिय प्रतियोगिता सफल बनाउन आन्तरिक तयारी थालेको बताएका हुन् । डिआइजी जोशीले भने–“नवौं राष्ट्रिय सफल बनाउन जसरी यहाँ पदाधिकारी टोली एकजुट भएर अगाडी बढेको देखेका छौं । यसले पक्कै पनि प्रतियोगिता भव्य र सभ्य रुपमा सम्पन्न हुनेछ भन्नेमा विश्वस्त छौं ।”
राष्ट्रिय ख्लकुद परिषदका सदस्य राजेश कुमार गुरुङ सहित बुधबार पोखरा रंगशाला अवलोकनको क्रममा असोज २८ देखि कार्तिक ३ गते सम्म हुने प्रतियोगितामा अवसर संगै सुरक्षा चुनौती भए पनि त्यसता चुनौतीहरु आउन नदिन आयोजक र पदाधिकारीहरु संग समन्वय गर्दै अघि बढ्ने उनको भनाई थियो । उनले भने–“जुन–जुन जिल्लामा प्रतियोगिता आयोजना हुन्छन् ति जिल्लाहरुमा प्रहरीको भूमिकालाई थप शसक्त बनाउने संगै आवश्यक पर्दा अन्य ठाउँबाट समेत प्रहरी परिचालन गर्ने गरी योजना कार्यान्वयन गर्नेतर्फ हामीले सोच बनाएका छौं ।”
राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने जिल्ला र खेलस्थलमा कडा शुरक्षा व्यवस्था संगै खेलाडी, दर्शक र आयोजक सबैका लागि शुरक्षा प्रत्याभुती हुने गरी प्रहरीले आफ्नो शुरक्षा योजना तयार गर्ने डिआइजी जोशीले बताए ।
