राखेपका वरिष्ठ अधिकृत के.सीको बिदाई

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद्बाट अनिवार्य अवकास प्राप्त बरिष्ठ अधिकृत बज्र बहादुर के.सीलाई बुधबार एक कार्यक्रमका विच सदस्य सचिव टंकलाल घिसिङले खादा, अविर र मायाको चिनो प्रदान गर्दै बिदाई गरे ।

कार्यक्रममा बोल्दै सदस्य सचिव घिसिङले के.सीको आगामी दिनको लागि शुभकामना दिंदै परिषद्को पक्षमा रहेर सकारात्मक सोचका साथ आगाडी बढ्ने कर्मचारीको रुपमा पाएको र आगामी दिनमा पनि खेलकुद क्षेत्रले के.सीको अनुभवलाई उपयोग गर्नेमा आफु बिश्वस्त रहेको बताए । उनले परिषद्मा कर्मचारीहरुले अन्यायपूर्ण जीवन विताईरहेको भन्दै आफु सदा कर्मचारीको साथमा रहने बताए ।

यस्तै बिदाई हुँदै गरेका के.सी.ले ३० औं बर्ष खेलकुदमा कार्य गर्दा सेवका क्रममा केहि तिता, नमिठा कुराहरु भएमा त्यसलाई आत्मसाथ नगर्न र आफुले पनि त्यसलाई सेवाका क्रममा भएको क्रियाकलापको रुपमा लिएको भन्दै अनिवार्य अवकासका कारण सेवाबाट बाध्यात्मक विदाई भएता पनि खेलकुदबाट टाढा नरहने बताए ।

यस्तै शुभकामना सहित बिदाई दिने क्रममा तालिम तथा प्रशिक्षण विभागका बरिष्ठ प्रशिक्षक अर्जुन बहादुर बि.क.ले अनिवार्य अवकासका कारण विदाई भएता पनि के.सी. खेलकुदबाट टाढा नरहने बताए ।

कर्मचारीहरुको तर्फबाट संघका अध्यक्ष रञ्जन थापाले सेवाका क्रममा के.सी. संगको सम्वन्ध आत्मिय भएको भन्दै आगामी समय सफलताको शुभकामना ब्यक्त गरे ।

खेलकुद विकास विभागका प्रमुख रहेका के.सी. २०४७ अशोज ९ गते नायव सुब्बाको रुपमा परिषदको प्रशासनिक सेवामा प्रवेश गरेका थिए । परिषद् अन्तरगत विभिन्न शाखा तथा विभागमा रहेर काम गरेका के.सी.को २०५४ अशोज १५ गते अधिकृतमा बढुवा भएको थियो । यस्तै २०६३ पौष २१ गते द्वितीय श्रेणीमा बढुवा भएका उनी २०७९ आषाढ १२ गते प्रथम श्रेणीमा बढुवा भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close