
पोखरा स्पोर्टस । नुवाकोटे टाइगरले चौथो राष्ट्रिय रिङ रेस्लिङ महाभिडन्तको उपाधि जितेका छन् । नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहयोगमा शनिबार काठमाण्डौमा सम्पन्न प्रतियोगितामा उक्त उपाधि जितेका हुन् ।

गत जेठ १३ गते सुर्खेतमा सम्पन्न मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तको उपाधि समेत जितेका नुवाकोटे टाइगरले शनिबार सम्पन्न प्रतियोगिताको हेभी वेट भिडन्तमा डेभिडलाई पराजित गरे । उनले उपाधि संगै नगद १ लाख ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
लैनचौरस्थित टिटि हलमा भएको भिडन्तमा हार्डकोर म्याचतर्फ साइन बिजेता बने । उनले चट्टानलाई पराजित गरे । साइनले नगद १ लाख २५ हजार प्राप्त मात्रै गरेनन् उनले मदन भण्डारी रिङ रेस्लिङ महाभिडन्तमा आफू पराजित भएको बदला समेत लिए ।
लाइट वेट क्याटोगरी सुजल बिजयी भएका छन् । उनले कम्ब्याट कर्मालाई पराजित गर्दै नगद रु ६५ हजार हात पार्न सफल भए ।
ट्याग टिमतर्फको भिडन्तमा एक्स हिरो एण्ड सुजल टिम बिजयी बन्यो । भिडन्तमा टुपी ग्याङ पराजित भयो । एक्स हिरो एण्ड सुजल टिमले नगद रु १ लाख हात पारेको छ ।
त्यस्तै महिलातर्फको तन्नु र आकृतीको मडिन्तमा आकृतीले बाजी मारिन् । आकृतीले नगद ८० हजार प्राप्त गर्न सफल बनिन् ।
प्रतियोगितामा विजेताहरुलाई नेपाल रिङ रेस्लिङ संघका कावा अध्यक्ष योगेश्वर श्रेष्ठ, राखेपका लेखा प्रमुख पासाङ शेर्पा, शसस्त्र प्रहरीका उपरिक्षक समिर कुमार श्रेष्ठ, मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायते पुरस्कार वितरण गरेको संघकी महासचिव सूवर्ण श्रेष्ठले जानकारी दिइन् ।
