
पोखरा स्पोर्टस । उज्बेकिस्तानको फर्गानामा १ जुलाई देखि २ जुलाई सम्म सञ्चालन भइरहेको एसिया हाप्किडो च्याम्पियनसिप २०२२ मा नेपाली खेलाडी विजया कुमारी वाइबाले ५० देखी ५५ तौल समुहमा स्वर्ण पदक जितेकी छन् । उनले महिलातर्फको प्रतिष्पर्धामा स्वर्ण पदक जितेकी हुन् ।
त्यसै गरी पुरुष तौल समुह तर्फ ७० केखी ७५ तौल समुहमा प्रवीण गुरुङले कास्य पदक र ६० देखी ६५ तौल समुहमा गुमान घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन । आज महिला तर्फ ४५ देखी ५० तौल समुहमा कृती गिरिको प्रतिस्पर्धा गर्दैछिन् । प्रशिक्षकमा भुवन बुढा मगर छन ।
२९ जुन देखि ३ जुलाईसम्म हुने प्रतियोगितामा सहभागी हुन नेपाल मार्शल आर्ट्स हाप्किडो संघ अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघका समेत अध्यक्ष काली बहादुर घर्तीमगरको नेतृत्वमा ७ सदस्य टोली गत मंगलवार उज्जेकिस्तान प्रस्थान गरेको थियो ।
गण्डकी प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तथा गण्डकी प्रदेश हाप्किडो संघकी उपाध्यक्ष तारामाया थापा नेपाल टिमको व्यवस्थापक रहेकी छिन् ।
