
पोखरा स्पोर्टस् । कास्की जिल्ला तेक्वान्दो संघले ओलम्पिक डेको अवसरमा जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न गरेको छ ।

पोखरा रंगशालामा आयोजित उक्त प्रतियोगितामा विभिन्न डोजाङ तथा स्कुल गरी ४९ जना खेलाडीहरुको सहभागिता रहेको संघले जनाएको हो । प्रतियोगितामा पुरुष एकल पुम्सेतर्फ अब्सुल्युट डोजाङका सुभन गुरुङ प्रथम, वर्ल्ड मिशन डोजाङका सचिन वि.क द्वितिय र याशुदा डोजाङका दिल जाग्री र अमरसिंह डोजाङका सविन राना तृतिय भएका छन् ।
त्यस्तै महिला एकल पुम्सेतर्फ याशुदा डोजाङकी मनिशा परियार प्रथम, अब्सुल्युट डोजाङकी प्रतिक्षा राना द्वितिय र सगरमाथा डोजाङकी तृप्ती थापा र पिपुल टुगेदर डोजाङकी स्वस्तिका थापाले तृतिय स्थान हासिल गरे ।
त्यस्तै डबल्स पुम्सेमा याशुदा डोजाङका दिल ब.जाग्री र करिश्मा वली प्रथम, अब्सुल्युट डोजाङका एरिक राना र एलिशा गुरुङ द्वितिय र पिपुल टुगेदरका सुशान्त मानन्धर र दिक्षा गुरुङ तथा लेखनाथ डोजाङका सुबास थापा र सोमती तामाङले तृतिय स्थान हासिल गरे ।
यस अघि उक्त प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद परिषदका सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङले गरेका थिए । सो अवसरमा स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट, कास्की जिल्ला तेक्वान्दो संघका उपाध्यक्ष कुलचन्द्र शर्मा, संघका सह—सचिव बोधराज गिरी, कार्यक्रमका संयोजक त्रिभुवन बानियाँले आ–आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल, केन्द्रिय सदस्य मदन केसीलगायत विशिष्ट महानुभावहरुको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
