
पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सफ्ट टेनिसतर्फ मेन्स टिम इभेन्टसको स्वर्ण प्रदेश नं. १ ले जितेको छ ।

बिहीवार विहान भएको फाइनल खेलमा प्रदेश नं. १ ले नेपाल प्रहरीलाई २–१ को सेटले पराजित गर्दै स्वर्ण जितेको हो ।
प्रतियोगिता अन्तरगत पहिलो सेट नेपाल पुलीसले डबल्स्मा प्रदेश नं. १ लाई ५–१ ,दोस्रो सिंगल्स प्रदेश नं. १ ले नेपाल प्रहरीलाई ४–० तथा निर्णायक अर्थात अन्तिम प्रदेश नं. १ ले डबल्समा ५–१ को सेट ले नेपाल प्रहरी पराजीत भएको हो ।
स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुमा प्रदेश नं १ का युकेश योञ्जन, अशिष वोहोरा, अशलेष ढकाल, आभाष बुढाथोकी र जयेन्द्रविक्रम राना छन् ।
त्यस्तै नेपाल पुलीसका कमल भण्डारी, सुबोध अधिकारी, नौंबहादुर लङगेली, हरीबहादुर बस्नेत र भिमबहादुर थापामगरको टिमले रजतमा चित्त बुझाउनु परेको छ।
