
पोखरा स्पोर्टस । नेपालमा विद्यालय तहबाटै खेलकुदको सुरुवात गर्ने बहस चलेको निकै भयो । लामो प्रयत्न पश्चात हाल कम्तिमा कलेज तह सम्म पुगेको छ । संघियता पश्चात हाल कलेज तह सम्म पुगेको छ ।
संघियता पश्चातको हालको संरचना विद्यालयतहको खेल वडा तह र कलेज तहको पालिकाले अनि पालिका र जिल्ला तहको प्रदेशले जिम्मा लिंदा राम्रो र व्यवस्थित गर्न सकिनेतर्फ सबैको ध्यान पुग्न आवश्यक छ । त्यसो भए मात्र केन्द्रले प्रादेशिक, केन्द्रिय र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा ध्यान केन्द्रित गर्ने अवस्था हुन सक्छ । सोही विषयलाई मध्यनजर गर्दै खेलकुद मार्फत महिला सशक्तिकरण कलेज तहमा सुरुवातको सन्दर्भलाई यहाँ विशेषरुपमा उल्लेख गरिएको छ ।
स्पोर्टसमा महिला
मोटर स्पोर्टस, साइक्लिङ, प्याराग्लाइडिङ, र्याफटिङ तथा क्लाइम्विङ लगायतका सहासिक खेलमा पुरुष सहभागितामा त कमै हुन्छ । त्यस्तो बेलामा महिला सहभागिता अझै टाढाको कुरा भयो । त्यही पनि संघ, क्लव र निजी क्षेत्रले महिला सहभागिताको लागि प्रयत्न गरिरहेकै छन् । लण्डनमा रहेको फर्मुला वान जुन विश्वकै सहासिक र रोमाञ्चकारी खेल हो । त्यस खेलको प्रारभ्मिक तह एफ वान इन स्कुलस् हो । हो त्यसै कार्यक्रम नेपालमा पहिलो पटक नासा नेपालले उपत्यका १० वटा कलेजहरुले सुरु गरेका छन् । जुन नेपाली खेलकुद तथा महिला सहभागिताको क्षेत्रमा एउटा चुनौतीपूर्ण प्रयोग पनि हो ।

मोटर स्पोर्टसमा नौलो प्रयास
F1 in Schools को नेपाली भर्सनको लागि नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)ले हाल सम्मकै सबैभन्दा ठूलो नेपाली प्रायोजकको रुपमा काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीलाई पाएको छ । नेपालकै नौलो र आकर्षक मोटर स्पोर्ट्सको डेभलपमेन्ट प्रोग्राम F1 In Schools Nepal र Schools to Track मा कलेजको साझेदारी भइरहदा हाल सोका लागि इच्छुक विद्यार्थीको नाम संकलनको संघारमा छ ।
Schools to Track नेपाली युवा विद्यार्थीहरुलाई लक्षित गरिएको मोटर स्पोर्ट्सको आधारभूत तालिम कार्यक्रम हो, जसमा विज्ञान, इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका २०० जना विद्यार्थीहरुलाई सहभागी गराइने छ र ती मध्ये ८० प्रतिशत सहभागी महिला हुनेछन् ।
सन् २०२२ भरीमा सम्पन्न गरिने लक्ष्य रहेको यस कार्यक्रममा कलेजले १५ लाख नगद, तालिम सेन्टरको व्यवस्थापन र ५० विद्यार्थीको संयोजन गर्नेछ भने अन्य विद्यार्थी अन्य कलेजहरुबाट सहभागी गराइने छ ।
कुल २ करोड ४ लाख अनुमानित खर्च लाग्ने सो कार्यका लागि मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय महासंघ एफआईए (FIA), अन्य सहयोगी संस्थाहरु तथा आन्तरिक स्रोतबाट जुटाइने छ ।
विश्वमै लोकप्रिय फर्मुला वानको प्रारम्भिक विधा हो F1 in Schools, जुन १९ वर्ष भित्रका युवा माझ सञ्चालन गरिन्छ । नेपालमा यस इभेन्ट किन पनि महत्वपूर्ण छ भने अभियानका अधिकांश सहभागी महिला र इन्जिनियरिङ क्षेत्रका हुनेछन् । इन्जिनियरिङ, विज्ञान, साहस तथा सिर्जनात्मक प्रयोगको संयोजन हो मोटर स्पोर्ट्स । त्यसैको जगको रुपमा सुरु गरिएको यस अभियानमा मूलतः
- फर्मुला वानको अनलाइन भर्सनको ज्ञान
- सर्किट डिजाइन र त्यसको सिद्धान्त
- कार्ट्सको जानकारी र त्यसको प्रयोग
- इभेन्ट म्यानेजमेन्ट र सञ्चार सीप
- नेतृत्व र व्यक्तित्व विकास
- अनलाइन रेसिङमा सहभागिता लगायतका कार्य हुनेछन्
सो अभियानमा काठमाडौं इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, काठमाडौं विश्वविद्यालय, कसमस इन्जिनियरिङ कलेज, एभरेष्ट इन्जिनियरिङ कलेज, जेभियर एकेडेमी, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, नाथम कलेज र त्रिनिटी कलेज लगायतका विद्यार्थीहरु सहभागी भइरहेका छन् ।
विगत लामो समय देखि नासा नेपालसँग सहकार्य गर्दै आएको काठमाडौं इन्जिनियरिङ कलेज नेपालको इन्जिनियरिङ क्षेत्रमा प्रसिद्धि कमाएको शैक्षिक संस्था हो । कलेजका अध्यक्ष तथा प्रिन्सिपल हिरेन्द्रमान प्रधानको विचारमा F1 in Schools नेपालमै पहिलो पटक सुरुवात हुने यस प्रतियोगितामा इन्जिनियरिङका विद्यार्थीको सिप अभिवृद्धिका लागि सुनौलो अवसर हो ।”

FIA का वर्ल्ड काउन्सिल मेम्बर तथा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईको विचारमा, “कलेज देखिनै सुरुहुने यस्ता अभियानले मोटर स्पोटर्सलाइ लोकप्रिय र विश्वव्यापी वनाउन मद्दत पुग्छ भने नेपालका इन्जिनियरिङ क्षेत्रले पनि काठमाडौं इन्जिनियरिङ कलेजवाट शिक्षा लिन सक्छन ।”
त्यस्तै, कलेजका भाइस प्रिन्सिपल सैलिता जोशीले भन्नुहुन्छ, “खासगरि महिलामा आधारित F1 in Schools Nepal / Schools to Track ले खलकुद मार्फत महिला सशक्तिकरणलाइ जोड दिन्छ ।”
सुशील तण्डुकार, मन्चन तिवारी, निरज खड्का तथा मेकानिकल, अटोमोबाइल र इलेक्ट्रिकल क्षेत्रका विज्ञहरु समेत रहेको टिमले सञ्चालन गर्ने यस अभियानको संयोजन मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी फेडरेसन इन्टरनेसनल डेल अटोमोबाइल FIA का वर्ल्ड काउन्सिल मेम्बर तथा नासा नेपालका प्रमुख सल्लाहकार गोविन्द भट्टराईले गर्नेछन् ।
अन्त्यमा
अनलाइन तालिम, प्राक्टिकल, ट्रयाक प्राक्टिस, स्पोर्टस म्यानेजमेन्ट ट्रेनिङ डिजाइन अन्तर्राष्ट्रिय सहभागिताको चरण पार गर्दा इन्जिनियरिङ क्षेत्रबाट एक दर्जन महिला खेलाडी मोटर स्पोर्टसमा तयार भए भने त्यो नै यस परियोजनाको उपलव्धि मानिने छ ।
महिला सशक्तिकरणका लागि खेलकुद र सहासिक कृयाकलापको सत्यतालाई हामीले अत्मसात गर्यौं यहाँहरुले पनि स्विकार गर्ने की !
