
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनको अन्तर्राष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च युकेले पूर्णता पाएको छ ।
मञ्चको शनिबार सम्पन्न कार्यसमितीको बैठकले पदाधिकारी र सदस्यहरु मनोनयन गर्दै पूर्णता दिएको हो । गत चैत्र १४ गते सम्पन्न मञ्चको चौथोअधिवेशनले अध्यक्षमा करम गुरुङ, उपाध्यक्षमा पबित्र गुरुङ्ग र सहसचिवमा टिकाराम गुरुङ्ग(जीवन),लाई निर्वाचित गरेको थियो ।
शनिबार सम्पन्न कार्यसमिती र मञ्चको ट्रष्टी सहितको बैठकले र महासचिवमा जसु मुसेन गुरुङ्गलाई मनोनयन गरेको छ भने कोषाध्यक्षमा बिनय पुन र सह कोषाध्यक्षमा दिपु गुरुङलाई मनोनयन गरिएको मञ्चले जनाएको छ ।
त्यसै गरी सदस्यमा नन्द बयाम्बु, ईश्वर आले, मिना गुरुङ्ग, पुर्णिमा गुरुङ्ग, भिम महेन्द्र गुरुङ्ग, ओम प्रकाश गुरुङ्ग, ललित गुरुङ्ग, योगेन्द्र गुरुङ्ग, अनुराग मुनाकर्मी, सोम प्रसाद गुरुङ्ग, बिनोद गुरुङ्ग र सुन्दर गुरुङ्गलाई मनोनयन गरी पूर्णता दिइएको जनाइएको छ ।
बैठकले मञ्चका निवर्तमान अध्यक्ष तथा ट्रष्टी मान प्रसाद गुरुङ्गलाई प्रमुख सल्लाहाकारमा मनोनयन गरेको जनाएको छ । मनोनयन भएका पदाधिकारी र कार्य समितीका सदस्यहरुको कार्यकाल चार वर्षको हुने जनाइएको छ ।
मञ्चले नेपाली नयाँवर्षमा हालै नेपाल रन युके पहिलो पटक आयोजना गरेको थियो ।
Dear Pokhara sports new.
It’s my pleasure to see the news regarding our organisation. Once again thank you so much for publishing in your much valualble portal.
Karam Gurung
Chairman
Pokhareli Manch UK