व्याडमिन्टनकी रशिलाद्वारा आर्थिक सहयोग प्रदान

पोखरा स्पोर्टस । ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् ।

महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधि हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश महर्जनले जानकारी गराए ।

नेपाली सेनाबाट खेल्दै आएका कञ्चनपुरका विवेक चौधरीको मुटुमा समस्या आए पछि अप्रेसन गर्नु पर्ने अवस्थामा रहेको समेत राजेश महर्जनले जानकारी गराए ।

बुटवलमा सम्पन्न प्रतियोगितामा एपिएफकी जेशिका गुरुङ्गलाई १६ – २१, २१–१९, २१–१८ ले पराजित गर्दै रशिलाले महिला एकलको उपाधि जितेकी हुन् । उनले नगद ३० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी थिईन् ।

त्यस्तै पुरुष एकल तर्फ बञ्जारा एग्रोका प्रिन्स दाहालले सेनाका प्रफुल महर्जन माथि २१–१०, १८–२१, २१–१२ ले पराजित गर्दै उपाधी जिते । उनले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाण प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close