
पोखरा स्पोर्टस । पोखरा महानगर पालिका अन्तर वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि चैत २१ देखि २३ गते सम्म हुने भएको छ ।
पोखरा महानगर खेलकुद विकास समितीको आयोजनामा हुने उक्त प्रतियोगिता पोखरा रंगशालामा सञ्चालन हुने भएको हो । उक्त प्रतियोगितामा सहभागिताका लागि महानगरका ३३ वटा वडामा नै पत्राचार गरिएको समितिका अध्यक्ष दिपक बहादुर गोदारले जानकारी दिएका छन् ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागि खेलाडीहरु सम्वन्धित वडामा नै वसोबास गरेको हुनुपर्ने प्रावधान आयोजकले राखेको छ ।
प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टिमले नगद १ लाख २० हजार, उपविजेताले नगद ७० हजार, तृतिय हुने टिमले नगद ४० हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने समितीका सदस्य सचिव सुवास खड्काले जानकारी दिएका छन् । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट हुने पाँच विद्याका महिला तथा पुरुष खेलाडीहरुलाई जनही नगद ५ हजार प्रदान गरिने छ ।
प्रतियोगिता सम्पन्न गर्न १० लाख खर्च हुने आयोजकले जनाएको छ ।
