पोखरामा जुनियर राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघको आयोजना तथा नेपाल टेनिस संघको समन्वयमा सोमबारदेखि पोखरामा ‘मनुश्री–भिग्नाजित जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०७८’ सुरु भएको छ ।

कास्की जिल्ला टेनिस संघका संरक्षक कुमार मोहनबहादुर शाहीले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै उनले आफुपनि लामो समयदेखि टेनिस खेल्दै आएको बताउँदै भने–“यो खेलले जित्ने हौसला प्रदान गर्ने, आत्माविश्वास बढाउने, शारीरिक तथा मानसिक रुपमा बलियो बनाउन सहयोग पुग्छ ।”

पोखरा आफ्नो. मामलिघर भएकाले पनि पोखरासंग पुरानै सामिप्यता रहेको तर टेनिसले पोखरासंगको साइनो झनै प्रगाढ पारेको भन्दै उनले जुनियर टेनिस विकासका लागि सहयोग घोषणा समेत गरे । प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा हरेक वर्ष दुई लाख रुपैयाँ सहयोग गर्ने तथा खेलाडीको बृतिविकासका लागि आफ्नों बुवा आमाको नाममा ४ लाख रुपैयाँको अक्षयकोष राख्ने पनि सो अवसरमा उनले घोषणा गरे ।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ्ग, फिष्टेल एकेडेमीका प्राचार्य चिनु रानाभाट, गण्डकी बोर्डिङ्ग स्कुलका प्राचार्य विरेन्द्र खड्का, टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ लगायतले पोखरामा टेनिस खेलमा उत्कृष्टता हाँसिल गरेको भन्दै खुसि व्यक्त गरे ।

संघ कास्कीका अध्यक्ष लोकबहादुर गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा संघका सदस्य मोनिका थापा र सचिव नविन श्रेष्ठले कार्यक्रम आफ्ना भनाई राखेका थिए ।

यु–१६ ब्वाइज एण्ड गर्ल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै ओपन ब्वाइज एण्ड गर्ल्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यसैविच प्रतियोगिताको उद्घाटन खेलमा आर्यषराज पौडेलले विजयी शुरुवात गरेका छन । ८ वर्ष मुनिका नेपाल च्याम्प पौडेलले आफ्नैं उमेर समुहको खेलमा रेयान्सबहादुर भट्टराईलाई पराजित गरेका हुन् । ८ वर्ष मुनिका अन्य खेलहरुमा निरज टण्डनले आदित्य केसीलाई, नितेस थापाले इभान भट्टराईलाई, सुभान केसीले प्रान्सु कायस्थलाई पराजित गरे । ८ वर्ष मुनिकै गल्र्सतर्फ सारा पन्तले जेनोभा शर्मालाई तथा जिवाश्रीले केजिया शाक्यलाई पराजित गरिन् ।

१४ वर्ष मुनिको गर्ल्स सिंगल्समा प्रशंसा मोक्तानले आदिती पराजुलीलाई तथा सिभाली गुरुङ्गले स्वस्तीका विष्टलाई पराजित गरिन् । १४ वर्ष मुनिको ब्वाइज सिंगल्समा राजविर प्रधानले स्पर्श क्षेत्रीलाई, निसाद जोशिले जिवन सुनारलाई, सृजन भट्टराईले शास्वत बज्राचार्यलाई तथा दर्शील श्रेष्ठले एड्रिन थापालाई पराजित गरेका छन् ।

प्रतियोगितामा यु–८,९ र १० का विजेता तथा उप–विजेता खेलाडीहरुले गिफ्टह्याम्पर, तथा तृतीयलाई मेडल तथा प्रमाणपत्र, यु–१२ ब्वाईज एण्ड गल्र्स सिंगलका विजेताले नगद ८ हजार, उप–विजेताले ५ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यु–१४ ब्वाईज एण्ड गर्ल्स सिंगलतर्फ विजेताले नगद १२ हजार, उप–विजेताले नगद ६ हजार तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

यु–१६ ब्वाइज एण्ड गर्ल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै ओपन ब्वाइज एण्ड गर्ल्स डबल्सतर्फ विजेताले नगद १५ हजार, उप–विजेताले नगद ७ हजार ५ सय तथा तृतीयले मेडल तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close