झापा गोल्डकप : त्रिभुवन आर्मी क्लब सेमीफाइनलमा

पोखरा स्पोर्टस । झापा गोल्ड कपमा त्रिभुवन आर्मी फुटबल क्लब विजयी भएको छ ।

भारत दार्जिलिङको एमएफसी क्लबलाई ३–० ले पराजित गर्दै विजयी बनेको आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीका लागि सन्तोष तामाङ, जर्ज प्रिन्स कार्की र विकास तामाङले समान एक/एक गोल गरेका थिए भने खेलको १०औँ मिनेटमा विकास तामाङको प्रहार गोलमा परिणत भयो । त्यस्तै, ३५ औँ मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल थपेका थिए । प्रिन्सले २३ यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भयो ।

त्यसैगरी, खेलको ६८ औँ मिनेटमा आर्मीका विकास तामाङ अर्को गोल थपेर जित सुनिश्चित गरेका थिए । आजको खेलको प्लेयर अफ दि म्याच आर्मीका सन्तोष तामाङ घोषित भए । उनले नगद रु नौ हजार ९९९ नगद प्राप्त गरेका छन् ।

बिहीबारको खेल घरेलु टोली झापा–११ फुटबल क्लब र भारत सिक्किमको आरपी एफसीबीच हुने आयोजकले जनाएको छ ।

फागुन ३० गतेसम्म चल्ने प्रतियोगिताका विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले रु छ लाख पाँच हजार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पाउनेछ । सर्वाधिक गोलकर्ताले नगद २५ हजार पाउनेछ । उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डफेन्डरले नगद रु २१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close