सर्वाधिक पुरस्कार राशीको केटीएम रन केन्याका धावक सिमोन र पुष्पाले जिते

पोखरा स्पोर्टस । सर्वाधिक पुरस्कार राशीको ‘केटीएम रन टेन के’को उपाधि पुरुषतर्फ केन्याका धावक सिमोन किप्लागेट र महिला तर्फ एपीएफ क्लबकी पुष्पा भण्डारीले जितेका छन् ।

शेर्पा आउटडोरको केटीएम सिटीले दरबारमार्गमा शनिबार आयोजना गरेको १० किलोमिटर दौडमा पुरुषतर्फ सिमोन र महिलातर्फ पुष्पाले जितेका हुन् । केन्याली धावक सिमोनले निर्धारित दुरी ३० मिनेट ५५.५८ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फको उपाधि जिते भने पुष्पाले निर्धारित दुरी ३६ मिनेट २०.२० सेकेण्डमा पूरा गररेकी थिइन । दुवै उपाधि विजेताले समान ट्रफी सहित नगद १–१ लाख हात पारे । केन्याली धावक सिमोन गत फागुन ७ गते सम्पन्न पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा समेत दोश्रो भएका थिए ।

यस्तै प्रतियोगिताको पुरुषतर्फ दुर्गा बहादुर बुढाले ३० मिनेट ५७.६० सेकेण्डको समय निकाल्दै दोस्रो भए भने मुकेश पल ३१ मिनेट २२.६३ सेकेण्डमा दुरी पार गर्दैै तेश्रो भएका छन् । पुरुषतर्फनै अजित कुमार यादव, सन्तोष विष्ट, सुबाश कार्की, टंक कार्की, राजेन्द्र तामाङ, सन्जिब नेपाली र दिनेश सिंह बोगटी क्रमशः चौंथो देखि दशौँ स्थानमा रहे ।

यता महिलातर्फ एपीएफकी फुलमती राना ३७ मिनेट १४.०१ सेकेण्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भईन् । राममाया बुढाले ३९ मिनेट ४२.०८ सेकेण्डमा तेश्रो स्थान हासिल गरिन् । महिलातर्फ बिन्द्रा श्रेष्ठ, सिमा थारु, सरस्वती बोहरा, आशा रावत, विमला कार्की, राधिका श्रेष्ठ र कृष्णश्वरी सिन्तकला चौंथो देखि दशौँ स्थानमा रहिन् ।

प्रतियोगितामा दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथौ हुनेले २० हजार, पाँचौ हुनेले १० हजार र छैटौं हुनेले ५ हजार रुपैयाँ प्राप्त गरे भने सातौंदेखि दशौं स्थान सम्म प्राप्त गर्ने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close