गण्डकी प्रदेश स्थापनाको अवसरमा परम्परागत खेल ठेलो प्रतियोगिता हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकार स्थापनाको अवसरमा प्रदेश खेलकुद परिषदले प्रदेशको परम्परागत ठेलो खेल आयोजना गरी मनाउने भएको छ ।

प्रदेशले आगामी ३ गते स्थापना दिवस मनाउँने सन्दर्भमा प्रदेश राजधानी पोखरा रंगशालामा महिला तथा पुरुष ठेलो प्रतियोगिता आयोजना गर्ने भएको हो । उक्त प्रतियोगिता अन्तर्गत परम्परागत ठेलो खेलका ३ इभेन्टहरु हुने सदस्य सचिव तेज बहादुर गुरुङले जनाएका छन् । जस अन्तर्गत पुरुषतर्फको दुई समुह (ठूलो र सानो ठेलो) तथा महिला तर्फको एक सुमहको खेलहरु तय गरिएको सदस्य सचिव गुरुङले जानकारी दिएका छन् ।

यस्तै परिषदले हिमाली जिल्ला मनाङमा तारो र घोड चढिको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशमा रहेको विभिन्न समुदायको मौलिक खेलको रुपमा प्राचिन समयदेखि नै खेलिदैँ आएको खेललाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

गण्डकी प्रदेशमा परम्परागत खेलको विकास गर्ने उद्धेश्यका साथै परम्परागत खेललाई आधुनिक तरिकाले अघि बढाउने अभिप्रायले ठेलो खेलको आयोजना गर्न गरिने सदस्य सचिव गुरुङको भनाई छ । उनले गाउँघरहरुमा मेला महोत्वस तथा चाडबाडको समयमा खेलिदैँ आएको ठेलो खेललाई आधुनिक तरिकाले परिमार्जित गर्दै नियम समेत बनाएर प्रतियोगिता आयोजना गर्न लागेको बताए । ‘प्रदेशको स्थापना दिवसको अवसरमा परम्परागत खेललाई जोड्ने सौभाग्य हामीले पाएका छौँ । यसलाई राष्ट्रिय तथा अन्तराष्ट्रि खेलमा समावेश गर्नका लागि केहि आधुनिक तरिकाले लानुपर्छ’ उनले भने, ‘त्यसैले हामीले केहि नियमहरु पनि बनाएका छौँ ।’ उनले गाउँ घरमा हुने प्रतियोगितामा खेलाडीले तोकिएको खेल पोशाकमा मात्रैै लगाएर सहभागि हुन पाउने बताए् ।

प्रतियोगिता ३ चरणको हुने जानकारी दिंदै सदस्य सचिव गुरुङले प्रतियोगितामा ९ भन्दा बढि खेलाडीभएमा छनोट चरण हुने ९ जना भन्दा कम खेलाडीको सहभागिता रहेमा सोझैँ फाइनल चरणकै खेल हुने बताए । गाउँमा खेलिने भन्दा केहि फरक हुने र खेलाडीले पहिलो चरणमा ३ पटकसम्म प्रहार गर्न पाउँने उनले बताए । खेलाडीले चाहेको खण्डमा लगातार ३ पटकनै प्रहार गर्न पनि पाउनेछन् । यस्तै खेलमा २ वा सो भन्दा बढि खेलाडीले नतिजा बराबर गरेमा उक्त खेलाडीको दोस्रो नतिजाको वरियतालाई आधार मानेर नतिजा घोषणा हुने गुरुङले बताए । दोस्रो नतिजामा समेत बराबरी भएमा क्रमश तेस्रो, चौथो, पाँचौ र छैटौँ प्रहारको उत्कृष्ट नतिजाको आधारमा घोषणा गरिने छ ।  ठेलो एक हातलेमात्रै फाल्न पाउने र ठेलो फाल्दा साँधमा (निश्चित घेरा)  टेकेर फाल्नुपर्नेछ । अर्को नियम भनेको फालिएको ठेलो नखसेसम्म बाहिरी भुभागमा छुन गए मान्यता नपाईने उनले जानकारी दिए ।

प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्ने तयारी समेत गरेको उनले सुनाए । प्रतियोगिताको प्रथम हुनेले ६० हजार रुपैँया प्राप्त गर्नेछन् । दोस्रोले ३० हजार रुपैँया तथा तेस्रोले १५ हजार रुपैँया प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा यूवा तथा खेलकुद मन्त्रालयका सचिव वद्रीनाथ अधिकारीले यस प्रकारको परम्परागत खेललाई प्रदेश स्थापना दिवशमा समावेश गर्न पाउनु महत्वपूर्ण रहेको बताउँदै सफल बनाउन सवैलाई आग्रह गरे । सो अवसरमा ठेलो खेलका प्राविधिक संयोजक गज बहादुर गुरुङको समेत सहभागिता रहेको थियो ।

यस्तै मनाङ र मुस्ताङमा भने समय अनुकुल भएपश्चात प्रतियोगिता आयोजना गरिने आयोजकले जानकारी दिए । परम्परागत खेल सम्पन्न गर्न  प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनको संयोजकत्वमा, प्रदेश खेलकुद परिषद कार्यकारी सदस्य तारामायाँ थापा मगर र प्रदेश खेलकुद परिषद सदस्य केशव पाठक रहेका छन् ।
नियम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close