कास्की क्रिकेट संघको अध्यक्षमा सिग्देल सर्वसम्मत निर्वाचित

पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको बिहिबार सम्पन्न तेस्रो अधिवेशन तथा चौथो साधारण सभाले आगामी चार वर्षका लागि अध्यक्षमा सिग्देललाई अध्यक्षमा निर्वाचित गरेको हो । उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन । यसै गरी संघको उपाध्यक्षमा दिपेन्द्र प्रताप चन्द, सचिवमा विनोद श्रेष्ठ, कोषाध्यक्षमा विरेन पुन समेत सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत विष्णु प्रसाद शर्माले जनाएका छन् ।

यसै गरी कार्यसमिती सदस्यमा दुर्गा बहादुर पुन, जय प्रकाश थापा, भोजराज बराल, रमेश कुमार सिंह, दिलिप अग्रहरी, कमल थापा, पूर्णचन्द्र न्यौपाने, ऋषीकेश शर्मा पौडेल, भावना देवकोटा, अरुण पौडेल र गोविन्द प्रधान समेत सर्वसम्मत निर्वाचित भएका छन् ।

यस अघि अधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका थिए । उनले गण्डकी यू १९ का खेलाडी अर्जुन कुमाललाई मदन भण्डारी स्पोर्टस एकेडेमीकातर्फ बाट नगद ८ हजार सहित सम्मान गरे । कुमाल लाई पोखरा क्रिकेट क़्लबले समेत नगद १० हज़ार प्रदान ग़रेको छ ।

यसै गरी कास्की जिल्ला क्रिकेट संघले यू–१९ का खेलाडी शुभास भण्डारी, शिला रेग्मी र सृष्टि जैशीलाई नगद १० हजार सहित प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको थियो भने कास्कीका तीन वटा क़्लबलाई खेल सामग्री प्रदान गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close