एशियन कप ट्राईयाथलन च्याम्पियनशिप शनिबार पोखरामा तयारी सकियो

पोखरा, १२ बैशाख । नेपाल ट्राईयाथलन संघको आयोजनामा पोखरामा एयिशन कप ट्राईयाथलन प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको आयोजक नेपाल ट्राइयाथलन संघले जनाएको छ ।

अन्तराष्ट्रिय ट्राईयाथलन युनियनको मान्यता प्राप्त प्रतियोगितामा ट्राईयाथलन अन्तरगत स्प्रिन्ट विधामा प्रतिस्पर्धा हुने छ । पोखराको फेवा तालमा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका खेलाडीहरु नेपाल आईसकेका छन् भने जापानी र कोरियन खेलाडीहरु पोखरा आईपुगिसेका छन् ।

दक्षिण एशियामानै पहिलो पटक हुन लागेको प्रतियोगितामा प्रतिस्पर्धा गर्न आउने सवै भन्दा बढि खेलाडीहरु जापानका रहेका छन् । जसमा विश्व वरियतामा ६३ औं स्थानमा र क्षेत्रिय बरियतामा दोश्रो नम्बरमा रहेका जापानी खेलाडी माकोतो ओदाकुराले पनि यस प्रतियोगितामा सहभागिता जनाउने अन्तराष्ट्रिय ट्राईयाथलन युनियनले जनाएको छ ।

पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । जसमा पुरुष तर्फ नेपलका खेलाडीहरु नितेश मानन्धर, बशन्त थारु र दिपेश चौधरीले प्रतिस्पर्धा गर्ने छन् भने महिला तर्फ सोनी गुरुङ्ख र केशरी थापा मगरले प्रतिस्पर्धा गर्ने छन् । नेपाली खेलाडीहरुकाविच मात्र हुने दुवाथलनमा ५ महिला र ८ पुरुष खेलाडीहरुको सहभागित रहने छ ।

प्रतियोगितामा ट्राईयाथन र दुवाथलन तर्फ प्रतिस्पर्धा हुने छ । ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड हुनेछ । दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।

एशियन कपकै दौरान दक्षिण एशियाली ट्राईयालन च्याम्पियनसिप पनि आयोजना गरिने छ । नेपालले यस अघि छैटौ पटक सम्म दक्षिण एशियाली ट्राईयालन च्याम्पियनसिप आयोजना गरि सकेको छ । नेपालले आयोजना गरेको अन्तराष्ट्रिय प्रतियोगिताको स्तरलाई हेरेर अन्तराष्ट्रिय महासंघले नेपाललाई एयिशन कपको आयोजना गर्ने अवसर प्रदान गरेको हो ।

कुनै पनि अन्तराष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्न अन्तराष्ट्रिय ट्राईयाथलन युनियन (आईटियु) को मान्यता लिनुपर्ने नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले बताए । ‘नेपालले दक्षिण एशियमानै अन्य राष्ट्रमा गर्न नसकेको प्रतियोगिता लगातार छैटौ पटक सम्म संचालन गरिसकेको र त्यसको परिणामलाई हेरेर आईटियुले नेपाललाई एशिया कपको आयोजना गर्न दिएको’–अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताको दौरान हुने दूर्घटनालाई मध्य नजर राख्दे संघले पोखरा नगरबासी संग सहयोगको आवह्वान गरेको छ ।

प्रतियोगितामा खेल्ने खेलाडीको एक साईकलको मूल्य करिव १५ लाख सम्म पर्ने र खेलका दौरान उनिहरुले चलाउने साईकल र दौडको गति अत्याधिक रहने भएकोले सानो मात्र अवरोध पनि खेलाडीहरुका लागि दुर्घटना निम्तिन सक्ने अध्यक्ष श्रेष्ठले बताएका छन । ‘प्रतियोगिता हुने रुट गौरीघाट देखि मुस्ताङ्ख चोक सम्मको स्थानमा सवारी आवागमन र अवरोधलाई हटाउन पोखरा नगरबासी संग हामी अपिल गर्दछौं’–अध्यक्ष श्रेष्ठले भने । शुरक्षकालागि नेपाल पुलिस, एपिएफ, ट्राफिक र सेनाहरुसंग छलफल भईसकेको र त्यसको लागि उनिहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको उनले जानकारी दिए ।

प्रतियोगितामा खेलाडीहरुको दूर्घटनालाई मध्यनजर राख्दै काठमाण्डौ र पोखराका स्वास्थ्यकर्मीहरुको टोली परिचालन हुने र खेलाडीहरुको पहिलो पटक खेल स्थलमानै प्रतिपन्धित औषधीको प्रयोगलाई निरुत्साहित गर्न डोपिङ्ख टेष्ट गरिने समेत अध्यक्ष श्रेष्ठले बताएका छन । यसका साथै खेलाडीहरुको दूर्घटना विमा समेत गरिएको छ । खेलका दौरान खेलाडीको मृत्यू भएमा १५ लाख र साधारण भएमा अस्पताल खर्च र औषधोपचारका लागि ५० हजारको विमा समेत गरिएको छ ।

नेपालमा ट्राईयाथलन खेलको विकास र विस्तार गुर्नका साथै यस खेल मार्फत विश्वलाई नेपालको पर्यटकिय गन्तब्यको रुपमा पहिचान गराउने उद्धेश्य रहेको संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले जानकारी गराए । प्रतियोगिताको तयारी सम्वन्धि सुनिश्चिततालाई अध्ययन गर्न अन्तराष्ट्रिय निर्णायको टोली यस अघिनै पोखरा आईसकेका छन् ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न र बैदेशिक खेलाडीहरुलाई हार्दिक आतिथ्यता प्रदान गर्न पोखरा महानगरपालिका लगायत पर्यटन संग सम्वन्धित सम्पूण संघ संस्था तथा ब्यक्तिहरुले साथ दिने अध्यक्ष श्रेष्ठले बताए । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भएको र केहि छुटपुट बाँकी कार्य भोली शुक्रबार सम्म सम्पन्न गरि सक्ने संघले जनाएको छ । प्रतियोगिताको सफलताका लागि प्रदेश सरकार, स्थानिय सरकार, पर्यटन बोर्ड लगायतले सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन ।

धेरै अगाडीनै ट्राईयाथलन संघको स्थापन भई प्रतियोगिता समेत संचालन भएता पनि त्यसलाई निरन्तरता प्रदान नगरी स्थिर रहिरहेको संघलाई राष्ट्रिय खेलकुद परिषदमा दर्ता गरि आधिकारीक संघको रुपमा स्थापन पश्चात विभिन्न खेलाडीहरुले अन्तराष्ट्रि पदक ल्याउनुमा साथै १२ औं दक्षिण एशियाली खेलकुदमा पहिलो पटकको सहभागितामानै नेपालले टिम स्पर्धामा रजत र रोजा के.सी.ले ब्यक्तिगत तर्फ कास्य पदक हात पार्न सफल भईसकेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close