भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा मन्त्रीदेखि विद्यार्थीसम्म, संघलाई दुई थान वोर्ड हस्तान्तरण

पोखरा स्पोर्टस । गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको प्रथम गण्डकी प्रदेश भेट्रान्स टेबुलटेनिस प्रतियोगितामा युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ, प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङ, उपाध्यक्ष धोजकुमार गुरुङ, लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएका थिए ।

सोही कार्यक्रममा मन्त्री राजिव गुरुङले कास्की जिल्ला टेबुलटेनिस संघका अध्यक्ष उत्तम जोशीलाई दुई थान टेबुलटेनिस बोर्ड हस्तान्तरण गरेका गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । उनले खेलकुद प्रतिको लगाव सानै देखि भएकोले आफुले खेलकुदमा आमुल परिवर्तन गर्न खेलाडि तथा खेलकुदका संघहरुलाई आफ्नो तर्फबाट सधैं सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघका अध्यक्ष  जोशीले खेलकुद मन्त्री राजिव गुरुङले टेबुलटेनिस खेलको बिकासमा ठुलो टेवा पुग्ने बताउदै संघले खेलाडीलाई नियमित प्रशिक्षण प्रदान गर्न साधन श्रोतको अभाव नहुने बताए ।

विहिबार भएको ४० प्लस मेन्स सिङल्स खेलको फाइनलमा चन्दन शाही र विकेन थापा, ५० प्लस मेन्स सिङल्समा राजेन्द्र वज्राचार्य र रन्जन सुब्बा र ५० प्लस मिक्स डबल्समा रन्जन सुब्बा र सुजाता पौडेल तथा राजेन्द्र वज्राचार्य र पार्वती श्रेष्ठको टिम फाइनलमा गएको छ । फाइनल खेल पौष २३ गते पोखरा रंगशालाको टेबुलटेनिस हलमा हुने आयोजकले वताएका छन् ।

कास्कीको तर्फबाट सहभागी मन्त्री  गुरुङलाई ललितपुरका रन्जन सुब्बाले सोझो सेटमा ४–१ को अन्तरले पराजित गरे । पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका रन्जनले आफ्नो पहिलो खेलमा अर्का हेभीवेट खेलाडी प्रदेश खेलकुदका सदस्य सचिव  तेज बहादुर गुरुङलाई पराजित गरेका थिए ।

खेलकुद बिकास समिति कास्की र पोखरा महानगरको सहयोग तथा कास्की जिल्ला टेबुलटेनिस संघको ब्यबस्थापनमा भएको प्रतियोगितामाको उद्घाटन सत्रमा कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बहादुर वानियाँ, पोखरा महानगर खेलकुद बिकास समितिका अध्यक्ष दिपक गोदारले गण्डकी प्रदेशको समग्र खेलको बिकासमा बर्तमान माननीय युवा तथा खेलकुद मन्त्री  गुरुङको योगदान अतुलनीय रहेकोे बताए ।

कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले समेत आफ्ना भनाई राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close