
पोखरा स्पोर्टस । बङ्गालादेशमा हालै सम्पन्न एशियन सेन्ट्रल जोन सिनियर महिला भलिवल उपाधि विजेता खेलाडीलाई पोखरा रंगशालामा स्वागत गरिएको छ ।
भलिवलका पूर्व राष्ट्रिय प्रशिक्षक रमेश केसी लगायत खेलाडीहरुले उनीहरुलाई स्वागत गरेका थिए । पोखरामा यहि पुष २६ गते बाट सञ्चालन हुने टाइगर कप भलिवल प्रतियोगिताका लागि पोखरा आएका राष्ट्रिय टिमकी कप्तान अरुणा शाही, सोफिया पुन र शान्तीकुमारी थारुलाई सम्मान गरिएको हो ।
सो अवसरमा नेपाल भलिवल संघका केन्द्रिय सदस्य राजकुमार गुरुङ, क्षेत्रिय भलिवल संघका कोषाध्यक्ष हरिकुमार श्रेष्ठ समेतले उनीहरुलाई स्वागत गरेका थिए ।