पोखरामा यू–१९ फुटसल सुरु

पोखरा स्पोर्टस । पोखरा मुस्ताङचोकस्थित फुटसल सेन्टरमा यू–१९ फुटसल प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगिताको एक कार्यक्रमका विच जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गरेका छन् । कार्यक्रममा आफ्ना भनाई राख्दै अध्यक्ष बानियाँले यस प्रकारका प्रतियोगिताले यूवाहरुमा खेल जागरण ल्याउन सहयोग पुग्ने बताए । उनले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै यूवाहरुलाई अनुशासित भएर प्रतियोगितामा आफ्नो क्षमता पदर्शन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा प्रतियोगिताका मुख्य प्रायोजक तथा पोखरेली व्यवसायी सुरेश कुमार धोजुले यूवाहरु परिवर्तनको सम्वाहक भएकोले अनुशासनलाई प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिए ।

मुस्ताङचोक फुटसलका सञ्चालक कमल बरालको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगितामा पोखराका २० टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेले टिमले नगद ३५ हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी वेष्ट गोलकिपर, वेष्ट प्लेयर, हाइएष्ट गोल किपरले जनही नगद रु ३ हजारका साथमा मेडल पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close