पोखराका दर्शिल जयकर मेमोरियल टेनिसको उपाधि नजिक

पोखरा स्पोर्टस । पोखराका दर्शिल श्रेष्ठ १९ औं जयकर मेमोरियल जुनियर टेनिस प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

ललितपुरमा जारी प्रतियोगिता अन्तर्गत आज भएको ब्वाइज यू–१२ को सेमीफाइनलमा दर्शिलले पोखराका सृजन भट्टराईलाई पराजित गरेका हुन् । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा ४–६ ले पहिलो सेटमा पछि परेका दर्शिल दोश्रो र अन्तिम तथा निर्णायक सेटमा क्रमश ६–२, ६–२ ले कम व्याक गर्दै उपाधि नजिक पुगेका थिए ।

जयकर मेमोरियल टेनिसको फाइनलमा दर्शिलले उपाधिका लागि बोरिस अधिकारी संग भिड्नेछन् ।

यसै गरी ब्वाइज यू १० अन्तर्गत भएको फाइनलमा पोखराका स्पन्दन उदासले वाक ओभर दिंदा आसभ सम्राट हाडा विजयी बने । स्वास्थ्यमा समस्या आए पछि स्पन्दन उपाधि भिडन्तबाट बाहिरिनु परेको कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए ।

यता ब्वाइज यू ८ अन्तर्गतको इभेन्टमा पोखराका अर्यासराज पौडेल सेमीफाइनलमा स्थान बनाएका छन् । अर्यासले साभ्या जङ्ग कार्कीलाई टाइव्रेकरमा १०–७, १०–४ ले पराजित गरी सेमीफाइनमा स्थान पक्का गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close