
पोखरा स्पोर्टस । पोखरा महानगर खेलकुदले पहिलो पटक आयोजना गरेको महानगरस्तरिय टेबल टेनिस प्रतियोगिता मंगलबारबाट पोखरा रंगशालामा शुरु भएको छ ।

दुई दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका छन् । प्रतियोगितामा पोखरा महानगरका विभिन्न वडाका ४० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ ।
पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, महानगर खेलकुदका सदस्य सचिव सुवास खड्का, कास्की जिल्ल टेनिसका अध्यक्ष उत्तम जोशीले आफ्ना भनाई राखेका थिए । कार्यक्रममा प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ लगायत अन्य विशिष्ट महानुभावहरुको सहभागिता रहेको थियो ।
