कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्मा

पोखरा । नेपाली कांग्रेसको प्रथम गण्डकी प्रदेश अधिवेशनबाट सभापति पदमा शुक्रराज शर्मा निर्वाचित भएका छन्। शनिबार भएको निर्वाचनमा शर्मा ६१२ मत ल्याई प्रदेशको पहिलो सभापति बन्न सफल भएका हुन् ।

उनका प्रत्यासी अर्जुनप्रसाद जोशीले ५२८ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य विष्णुकुशल भुजेलले जानकारी दिए । सभापतिमा निर्वाचित शर्मा रामचन्द्र पौडेल पक्षका हुन् ।

निर्वाचनमा उपसभापति द्वयमा कल्पना तिवारी र मेखलाल श्रेष्ठ तथा महामन्त्री द्वयमा किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछाने निर्वाचित भएका छन् । यसैगरी सहमहामन्त्रीमा कोपिला रानाभाट, सहमहामन्त्री खुलामा रमेशकुमार पाण्डे र रामचन्द्र जोशी विजयी भएको निर्वाचन समितिले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close