फागु पूर्णिमाको अवसरमा आइतबार पोखरा रंगशालामा खेलकूदका विशेष कार्यक्रम हुने

पोखरा स्पोर्टस । रङ्गको पर्व फागु पूर्णिमाको अवसरमा पोखरा रंगशालामा आइतबार खेलकूदका विशेष तथा विविध कार्यक्रम हुने भएका छन ।

सो बारे जानकारी दिंदै राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य राजेश कुमार गुरुङले आइतबार हुने कार्यक्रमको सम्पूर्ण तयारी भएको जनाएका हुन । उनले भने–“हामीले नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि समेत पूर्व योजना अनुरुप यो कार्यक्रम गरेका हौं ।” उनले यो कार्यक्रमले पक्कै पनि उत्साह जगाउने र नवौको तयारीका समेत सहज रुपले अघि वढ्ने बताए ।

फागु पूर्णिमाको अवसरमा गत वर्षहरुमा समेत खेलकूदका विविध मनोरञ्जनात्मक खेलहरु आयोजना हुँदै आएको र यो वर्ष अझै विशेष बनाउने तयारी गरिएको राखेप सदस्य गुरुङले बताए । कार्यक्रम अन्तर्गत परम्परागत महिला पुरुष ठेलो प्रतियोगिता, महिला पुरुष खुल्ला डोरी तान प्रतियोगिता, लिङ्गो चढेर घैटौं फुटाउने प्रतियोगिता, महिला खेलाडीका लागि विशेष म्यूजिकल चियर प्रतियोगिता, घैटों फुटाल्ने लगायतका कार्यक्रमहरु तय भएको उनले जनाए ।

आइतबार आयोजना हुने प्रतियोगिताका विजेता खेलाडीलाई आर्कषक नगद पुरस्कारको व्यवस्था गरिएको छ भने सङ्ग–सङ्गै विभिन्न सांस्कृतिक कार्यक्रमहरु समेतको प्रस्तुती रहेका छन । ति प्रतियोगिताहरुमा विभिन्न खेलका खेलाडीहरुको सहभागिता रहने छ ।

पोखरा रंगशालको भलिवल खेल मैदानमा आयोजना हुने प्रतियोगिताका लागि सम्पूर्ण खेलाडी र खेल संघहरुलाई सहभागिताका लागि आह्वान गरिएको राखेप सदस्य गुरुङले बताए । उनले भने–“हामी यतिवेला कोभिडको केही जोखिममा छौं तर हामी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर कार्यक्रम गर्दैछौं किनभने हामी नवौं राष्ट्रिय खेलकूदको तयारीमा जुट्नु पर्नेछ भने अर्कोतर्फ खेलाडीलाई उर्जा थप्नु छ ।”
Aha Rara Advt

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close