
पोखरा स्पोर्ट्स । नेपाल ए क्रिकेट टिमले आसामविरुद्धको टी-२० सिरिज जितेको छ ।
सोमबार सम्पन्न सिरिजको पाँचौं तथा निर्णायक खेलमा नेपाल ए ले आसामलाई ४४ रनले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।
नेपालले दिएको २०९ रनको विशाल लक्ष्य पछाएको आसामले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको थियो ।
यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।
नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ६४ रन बनाएका थिए भने शुभ कंसाकारले ४२ रन बनाएका थिए ।
त्यस्तै इशान पाण्डेले ३२ रन बनाए भने मोहमद आदील आलमले ११ बलमा २५ रन बनाए भने अनिल शाहले ११ रन बनाएका थिए ।

