एफसी कपः मनाङले मिनर्वा पंजाबलाई बराबरीमा रोक्यो

सुदर्शन रंजित,
काठमाडौ, १ जेठ । एफसी कप फुटबल अन्तर्गत चौथो चरणको खेल अन्तरगत बुधबार काठमाडौंमा सम्पन्न खेलमा मनाङ मस्र्याङ्दी क्लबले भारतीय आई लिग च्याम्पियन मिनर्वा पन्जाव लाई बराबरीमा रोकेको छ ।

एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा पहिलो हाफको ३९ औं मिनेटमा भारतको मिनर्वाले अग्रता लिएको थियो । खेलको पहिलो हाफमा मोईरङ्गथेम थोइवा सिंहले साथी अल्फ्रेडको क्रसमा गोल गरे । यता मनाङको तर्फ बाट ८१ औं मिनेटमा साहिद अजिजले अन्जन विष्टको पासमा बराबरी गोल फर्काए ।

खेलको पहिलो हाफको इन्जुरी समयमा पाहुना टोली १० खेलाडीमा सिमित भएको थियो । मनाङका एडिलाजा सोमिडेमाथि फल गर्दा डिफेन्डर प्रतिक जोशी दोहोरो पहेलो कार्ड खाँदै मैदान छोड्नु परेको थियो ।

मनाङ र पंजावको मिनर्वाले यो खेल सकिदा सम्म कुनै जित निकाल्न सकेका छैनन । यस अघि भएको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेका थिए । हाल सम्म भारतको चेन्नई ७ अंकका साथ शिर्ष स्थानमा छ भने बंगालदेशको अबहानी लिमिटेड ४ अंकका साथ दोश्रो, पंजाबको मिनर्वा तेश्रो मनाङ २ अंकका साथ अन्तिम स्थान बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close