पोखराका स्पन्दन बीर गणेशमान स्मृती टेनिसको फाइनलमा

पोखरा स्पोर्टस । पोखराका स्पन्दन उदास ललितपुरमा जारी बीर गणेशमान स्मृती राष्ट्रिय टेनिसको फाइनलमा पुगेका छन् ।

शनिवार भएको सेमीफाइनलमा १० वर्ष मुनीको क्याटोगरी तर्फ काठमाडौका सम्खाहाङ राईलाई ६–०, ६–१ को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेका हुन् । फाइनलमा स्पन्दनले आशाभ हाडा संग खेल्नेछन् । पोखराबाट १२ वर्ष मुनीको खेलमा दर्शिल श्रेष्ठ समेत फाइनलमा प्रवेश गरेका छन् । उनी शुक्रबार भएको खेलमा फाइनलमा स्थान बनाएका थिए ।

त्यस्तै मेन्स सिंगल्स तर्फ पोखराका नविन मगर र प्रदिप खड्का दुवैले क्वाटर फाइनलमा हार व्यहोरेका छन् । नविनले काठमाडौका निशान श्रेष्ठ संग ६–२, ६–२ र प्रदिपले आरभ हाडा संग ६–३, ६–१ को हार व्यहोरे । त्यस्तै वोमेन्स डवल्स क्वाटरफाइनलमा पृती बराल र रोमिका वुद्धाचार्यको जोडी काठमाडौका आजा रेग्मी र इभा अधिकारी संग ६–२, ६–२ ले हार व्यहोर्दै घर फर्किने भएका छन् ।

३५ वर्ष माथीको सिंगल्स इभेन्टमा नविन श्रेष्ठ काठमाडौका शुभाष बस्नेत संग हार व्योहरेका छन् । क्वाटरफइनल तर्फको खेलमा ६–४, ६–४ ले नविनले शुभाषलाई खेल सुम्पिएका थिए । निरज थापा काठमाडौंका सिमान्त गुरुङ संग ६–२, ६–३ ले हार व्यहोरे । ४५ वर्ष भन्दा माथीको एक प्रतिष्पर्धात्मक खेलमा पोखराका गोपी भट्टराई सुपर टाइमा पराजित भएका छन । गोपी काठमाडौका शुकमान तामाङ संग ६–२, ४–६ र १०–८ ले पराजित भए ।

त्यस्तै ५५ वर्ष माथीको खेलमा शमिर शेरचन काठमाडौका सागर केसी संग ६–१, ६–४ ले पराजित भए । ३५ वर्ष माथीको डवल्समा भने पोखराका लागि सुखद नतिजा निस्किएको छ । पोखराका राजन पौडेल र नविनको जोडीले क्वाटरफाइनलमा बुटवलका सञ्जय श्रेष्ठ र गोपाल ज्ञवालीलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका छन् ।

४५ वर्ष डवल्समा समेत पोखराका खेलाडीले सुपरटाईमा विपक्षीलाई खेल सुम्पिएका छन् । गोपी भट्टराई र शरण गुरुङको जोडी काठमाडौंको निरेश श्रेष्ठ र गोपाल मानन्धर संग ६–२, २–६ र १०–८ ले सुम्पिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close