बीर गणेशमान स्मृती टेनिसमा स्पन्दन र दर्शिल सेमीफाइनलमा

पोखरा स्पोर्टस । ललितपुरमा जारी बीर गणेमान स्मृती टेनिस राष्ट्रिय प्रतियोगितामा पोखराका स्पन्दन उदाश र दर्शिल श्रेष्ठ सेमीफाइनल प्रवेश गरेका छन् ।

पोखराका स्पन्दन १० वर्ष मुनी र दर्शिल १२ वर्षमुनीको क्याटोगरीमा सेमीफाइनलमा प्रवेश गरेका हुन । उनले बुटवलका सन्दिप जिशीलाई ६–०, ६–० को सोझो सेटमा पराजित गर्दै काठमाडौका शंखाहाइ राई संग भेट पक्का गरेका छन् । १२ वर्ष मुनीको खेलमा दर्शिलले काठमाडौका अग्रित नेपाललाई ६–२, ६–० को सोझो सेटमा पराजित गरेका थिए ।

यसै गरी प्रतियोगिता अन्तर्गत यू १२ मा शास्वत वज्राचार्य र सृजन भट्टराई क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यू १४ मा अन्तर्गत नै शास्वतले क्वाटरफाइनलमा स्थान पक्का गरे । तर पोखराका दोजान गुरुङ भने क्वाटरफाइनल बाट वाहिरिएका छन् ।

प्रतियोगिता अन्तर्गत बिहिबार बाट ओमेन्स सिंगल्स, मेन्स सिंगल्स र भेट्रान्स तर्फका खेल हुने निरज गुरुङले बताए ।

गणेशमान सिंह फाउण्डेशन र बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा आयोजित ”बीर गणेशमान सिह राष्ट्रीय टेनिस ”प्रतियोगितामा सिनियर र जुनियर तर्फ महिला र पूरूषमा बिभिन्न २३ ईभेन्टमा करिव २२५ खेलाडीहरुको सहभागिता रहेको फाउण्डेशनका राजन खत्रीले जानकारी दिएका छन् । बिजयी खेलाडीहरुलाई विभिन्न इभेन्टमा गरी कूल ७ लाख २५ हजार नगद पुरस्कार प्रदान गरिने प्रतियोगिताको संयोजक भास्करमान सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close