एनोकको साधारण सभामा सहभागि हुन एनओसीका अध्यक्ष र महासचिव ग्रिस तर्फ

पोखरा स्पोर्टस । ओलम्पिक संघहरुको छाता संस्था ‘एशोसियसन अफ नेसनल ओलम्पिक कमिटी’ (एनोक)को साधारण सभामा सहभागि हुन नेपाल ओलम्पिक कमिटी (एनओसी) दुई सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

ग्रिसको क्रेटमा आयोजना हुने एनोकको २५ औं साधारण सभामा सहभागि हुन एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । एनोकको साधारण सभा यहि अक्टोबर २४ र २५ तारिख आयोजना हुने भएको छ । प्रस्थान गर्नु अघि पोखरा स्पोर्टस संग कुरा गर्दै एनओसीका महासचिव श्रेष्ठले एनोकको साधारण सभामा ओलम्पिकका केही महत्वपूर्ण व्यक्तित्वहरु संग भेटघाट र छलफल हुने बताए ।

एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठ द्वय २६ अक्टोबरमा स्वदेश फर्किने कार्यक्रम रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close