चौथो अभियान भलिबल प्रतियोगिताको तयारी पुरा, १२ टिमको सहभागिता

पोखरा स्पोर्टस । अभियान युवा क्लवको आयोजनामा हुने चौथो अभियान भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । कात्तिकको ११ देखि १३ गते हुने उक्त प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने क्लवले जनाएको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडिया टिम पोखरा रहेका छन् ।

युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगितालाई सञ्चालन गरिदै आएको प्रतियोगिताका संयोजक तथा क्लबका अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वित्तिय हुने टिमलाई नगद रु २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको संयोजक गिरीले बताए ।

पोखरा ५ मालेपाटन बाराही स्कुलको खेल मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरिय खेल खेलेका खेलाडी सहभागि हुन नपाउने आयोजकले जनाएको छ । विगत १४ वर्षदेखि क्लवले विभिन्न सामाजिक कार्य वृक्षरोपण, स्वास्थ्य शिविर, स्वास्थ्य सचेतना, तालिम, खेलकुद लगाएतका कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close