पोखरा राइनोज इपीएलको फाइनलमा

पोखरा स्पोर्टस । पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखराले फाइनलमा स्थान बनाएको हो ।

भैरहवाले दिएको १ सय २० रनको लक्ष्य पोखराले १८ ओभर २ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा सहन अर्चाचिगेले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । विपिन रावल ४० रनमा अविजित रहे । रिचर्ड लेभीले १४ र रित गौतमले ६ रन जोडदा लोकेश बम शुन्य रनमा आउट भए । भैरहवाका भुवन कार्कीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए । त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए । पोखराका किशोर महतो र सहन अर्चाचिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १/१ विकेट लिए ।

जितसंगै पहिलो पटक ईपीएलको फाइनलमा पुगेको पोखराले शनिबार चितवन टाइगर्ससंग उपाधी भिडन्त गर्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close