याक एण्ड यती टेनिसमा पोखराको उत्कृष्ट पदर्शन

पोखरा स्पोर्टस । याक एण्ड यती टेनिसमा उत्कृष्ट पदर्शन गर्दै पोखराको भेट्रान टोली पोखरा फर्किएको छ ।

काठमाण्डौमा यहि असोज १६ गते सम्पन्न भएको प्रतियोगितामा कास्कीका तिन जना खेलाडीले पदक जितेका हुन् । प्रतियोगितामा पोखराबाट सहभागी भएका ३५ वर्ष माथी पुरुष सिंगल्समा रोवर्ट जे हान रनर अप हुन सफल भएको कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले रनर अप भए वापत ५० हजार बराबरको प्याकेज प्राप्त गरेका छन ।

यसै गरी ३५ वर्ष माथीको डवल्समा रोवर्ट जे हान र नविन श्रेष्ठको जोडी रनर अप भएका छन् भने ४५ वर्ष माथीको खेलमा धरम बहादुर लामिछाने रनर अप भए । उनीहरु सबैले याक एण्ड यतीको तर्फबाट ५०–५० हजारको प्याकेज सहि तकप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close