एनभिए राष्ट्रिय भलिवलः एपिएफ र डायमण्ड पुनः उपाधीका लागि भिड्ने

पोखरा स्पोर्टस । विभागिय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका लागि पुनः भिड्ने भएका छन् । पाँचौ संस्करणमा पनि दुई टोली विच उपाधीका लागि भिडन्त भएकोमा एपिएफले बाजी मारेको थियो ।

शुक्रबार सम्पन्न निकैनै प्रतिस्पर्धात्मक खेलमा बिभागिय टोली एपिएफले अर्को बिभागिय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३ – २ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २७–२५ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २१–२५ ले गुमाउन पुगेको एपिएफ तेश्रो सेट पनि २५–२७ ले गुमाउन पुग्यो । हारको नजिक पुगेको एपिएफ आफुलाई सम्हाल्दै चौथो सेटमा २६–२४ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पु¥याउन सफल भयो । अन्तिम तथा निर्णायक सेटमा एपिएफले १५–१३ ले आफ्नो पक्षमा पार्दै कठिन फाईनल यात्र तय ग¥यो ।

यस्तै दोश्रो खेल पनि निकैनै रोमाञ्चक रह्यो । होङ्गवान्जी न्यू डायमण्डले पुलिस माथि ३–२ को जित निकाल्दै उपाधीका लागि चिरप्रतिद्वन्दि एपिएफ संगको भेट पक्का ग¥यो । पहिलो सेट १८–२५ ले पुलिसलाई सुम्पेको डायमण्डले दोश्रो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । यस्तै पुन तेश्रो सेट २१–२५ ले पुलिसलाई सुम्पन पुगेको डायमण्ड चौथो सेटमा सम्हालिंदै २५–१७ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा पु¥याउन सफल भयो । तेश्रो तथा अन्तिम सेटमा १५–१३ ले आफ्नो पक्षमा पार्दै डायमण्ड उपाधीको निकट पुग्यो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close