नेपालका चार वटै म्याराथन आयोजक एकै ठाउँमा, सहकार्यका रुपमा सञ्चालन गर्ने सहमती

पोखरा स्पोर्टस । नेपालमा सञ्चालन हुने म्याराथन आयोजकहरुले म्याराथनलाई सहकार्यका रुपमा अघि बढाउने निधो गरेका छन ।

पहिलो पटक भएको बैठकमा नेपालकै जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथन, काठमाडौ म्याराथन, नेपालगञ्ज म्याराथन र नेपाल आर्मी म्याराथनको आयोजक संस्थाहरुले यस्तो निर्णय गरेको हुन । आयोजकहरुले नेपालमा आयोजना हुने चार वटै म्याराथनलाई अन्तर्राष्ट्रियस्तरको रुपमा विकास गर्दै प्रविधीमैत्री बनाउन समेत सामुहिकरुपमा जोड दिएका छन ।

उनीहरुले म्याराथन आयोजनाको मितीलाई समेत कम्तिमा एक महिनाको अन्तरालमा गर्ने सँगै शुरक्षित म्याराथनको आयोजनालाई विशेष रुपमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरे । म्याराथन आयोजकहरुले म्याराथन रुटको अन्तर्राष्ट्रिय संस्थाबाट मापन गर्ने, प्राविधिक रुपमा सहकार्य संगै म्याराथन सञ्चालन भएको वखत आफ्ना सामाग्रीहरुको आदान प्रदान गर्ने समेत सहमती गरेका छन ।

वैठकमा आफ्ना धारणा राख्दै पोखरा अन्तर्राष्ट्रिय म्याराथनका आयोजक संस्था नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले म्याराथन आयोजना गर्दा समय जुधेकाले धेरे धावकहरु अवसरबाट वञ्चित भएको जनाए । उनले भने–“हामीले खेलाडीको अधिकारलाई वञ्चित गर्नु हुँदैन यहि मिल्छ भने नेपालका चार वटा म्याराथन आयोजनाको समयलाई मिलाएर आपसी सहकार्यमा अघि बढाउनु पर्छ ।”

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव समेत रहेका गुरुङले म्याराथन आयोजना गर्नु आफैमा निकै चुनातीपूर्ण रहेको बताउँदै भने–“पोखरा म्याराथनको आफ्नै विशिष्ट पहिचान सँगै यसको जग स्थानियहरुको सहयोगमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रको सहकार्यमा उभिएको छ ।” नेपालमा म्याराथनको संस्कृतीलाई थप बलियो बनाउने हो भने चार वटा आयोजक संस्थाहरु मिल्नुको विकल्प नरहेको भनाई राखे ।

बैठकको समन्वय गरेका काठमाडौ म्याराथनका आयोजक संस्थाका निलेन्द्रराज श्रेष्ठले नेपाललाई म्याराथनको गन्तव्य बनाउन चार वटा संस्था विचको सहकार्यलाई अगाडी बढाउनु पर्ने बताए । उनले भने–“चार वटै संस्थामा सहकार्य भएमा नेपाललाई म्याराथनको गन्तव्य बनाउन सहज हुनेछ भने यसको वजारीकरणमा समेत सहयोग पुग्नेछ ।”

नेपाल ओलम्पिक कमिटीका महासचिव समेत रहेका श्रेष्ठले म्याराथनका चार वटै संस्थाहरुको सामुहिक आवाज भएमा नेपालमा आयोजना हुने म्याराथनहरुले प्रवर्द्धन गर्दै म्याराथन आयोजना गर्दा प्रयोग हुने सामाग्रीहरुको समेत सहकार्यमा प्रयोगमा आउन सक्ने बताए । उनले भने–“म्याराथनलाई प्रविधीमैत्री सँगै यसका रुटहरुलाई समेत अन्तर्राष्ट्रियस्तरको बनाउन सहयोग पुग्छ ।”

नेपाली सेनाले आयोजना गर्ने नेपाल आर्मी म्याराथनका बारेमा आफ्नो धारणा राख्दै महासेनानी शसीकीरण रायमाझीले नेपाली म्याराथनहरुलाई अन्तर्राष्ट्रिय स्तरको रुपमा विकास गर्न अपरिहार्य रहेको बताए । उनले नेपालमा आयोजना हुने चार वटा म्याराथनको आयोजना कम्तिमा पनि तिन महिनाको अन्तरालमा हुनुपर्ने बताउँदै नेपाली सेनाले आयोजना गर्ने म्याराथनलाई यो वर्ष पुरस्कार राशी समेत वृद्धी गर्ने योजनामा आफूहरु रहे पनि निर्णय भने भइनसकेको बताए ।

यता नेपालगञ्ज म्याराथनका आयोजक टिएस ठकुरीले नेपालगञ्ज म्याराथनको रुट अन्य म्याराथनको भन्दा सहज भए पनि यस बारे प्रश्न उठेको बताए । उनले भने–“गत वर्षका नेपालगञ्ज म्याराथनका विजेता धावक गोपीचन्द्र पार्कीले टोकियो ओलम्पिकमा सहभागिता जनाउने भनिए पनि उनी त्यसबाट वञ्चित भए । उनी ओलम्पिकमा सहभागी हुन नसक्नुको कारण कतै रुटको मापदण्ड त होइन भन्ने प्रश्न वहशको रुपमा उठेको छ ।” उनले नेपाल चार वटा म्याराथन आयोजना हुँदा समेत अन्तर्राष्ट्रियस्तरमा खासै चर्चा हुन नसकेको बताउँदै भने–“अब म्याराथनको हव नेपाल हो भन्ने सन्देश दिन पनि हाम्रो सहकार्य आवश्यक छ ।”

यता पोखरा म्याराथनका आयोजक संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरा म्यारथनले केही हद सम्म भए पनि पोखराको पर्यटन प्रवर्द्धनमा भूमिका खेलेको बताउँदै शुरक्षित म्याराथन आयोजनाका लागि पनि नेपाली म्याराथन आयोजक संस्थाहरु विच सहकार्यको आवश्यक रहने कुरामा जोड दिए । पोखरा म्याराथनमा १० हजार भन्दा वढीको सहभागिता संगै यूके, हङकङ, अष्ट्रेलिया, अमेरिका, चिन, जापान लगायतका देश बाट सहभागीता बढ्दै गएको बताउँदै पोखरा म्याराथन सफल बनाउन पोखराका ४ सय १५ संस्था लगायत स्थानियहरुको निकै ठूलो सहयोग रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close