नेकोसले राष्ट्रिय खेल जागरण अभियान सञ्चालन गर्ने

पोखरा स्पोर्टस । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस)ले राष्ट्रिय खेल जागरण अभियान गर्ने भएको छ ।

नेकोसको काठमाडौमा अध्यक्ष रमेश कुमार पौडेलको अध्यक्षतामा भएको बैठकमा आफ्नो स्थापना दिवसको सन्दर्भमा मेचि–महाकाली राष्ट्रिय खेल जागरण अभियान संचालन गर्ने बैठकले निर्णय गरेको हो । बैठकले २ वर्ष भित्र देशभरका १० लाख खेलकर्मीलाई गोलबद्ध गर्दै नेपालमा दिगो खेल मार्फत दिगो विकास लक्ष्य मार्फत समृद्ध नेपालको निर्माणमा सकृय भूमिकाको लागि समेत नेतृत्व गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय खेलनीतिको लागि प्रस्ताव तयार गर्ने, अन्तर्राष्ट्रिय आवद्धता र सहकार्य गर्ने समेत निर्णय गरेको छ भने नेकपा एमालेको जेठ २ र १० बुँदेको स्वागत गर्दै सृजनात्मक ढंगले खेल क्षेत्रमा सफल कार्यान्वयन गर्ने समेत निर्णय गरेको छ ।

बैठकमा सम्बन्धित प्रदेशका ईन्चार्ज तथा सहईन्चार्जहरुले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी बैठकले विभागीय प्रतिवेदन तथा आगामी कार्ययोजना समेत पारित गरेको छ भने महासंघले ४० वटा नेकोस खेल संघ पूर्नव्यवस्थापनको निर्णय सहित जिम्मेवारी तोकेको छ । त्यसैगरी महासंघको कार्यालय र प्रचार प्रमुखको जिम्मेवारी क्रमशः उपमहासचिव रामकृष्ण खड्का र सचिव उमेश केसीलाई दिईएको छ ।

बैठक नेकपा एमालेका पोलिटब्युरो सदस्य कर्ण बहादुर थापाको प्रमुख आतिथ्यता तथा पूर्व खेलकुद मन्त्री एवं महासंघका ईन्चार्ज दावा तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको नेकोसका महासचिव मेघराज पौडेलले जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close