टाइगर ग्रुपको प्रथम साधारण सभा सम्पन्न, दोश्रो राष्ट्रिय महिला/पुरुष भलिबल प्रतियोगिता माघको दोश्रो साता, पुरस्कार राशीमा दोव्वर वृद्धी

पोखरा स्पोर्टस । सामाजिक उत्तरदायित्व एवम खेलकुदलाई समाज रुपान्तरणको माध्यमबाट विकास र विस्तार गर्ने उद्धेश्यले स्थापना भएको टाइगर ग्रुप अफ नेपालको प्रथम साधारण सभा सम्पन्न भएको छ ।

सम्पन्न साधारण सभाले माघको दोश्रो साता पोखरा रंगशालामा दोश्रो संस्करणको आमन्त्रित पुरुष/महिला राष्ट्रिय क्लव च्याम्पियसिप भलिवल प्रतियोगिता आयोजना गर्ने सर्वसम्मत रुपमा निर्णय गरको छ भने पुरस्कार राशी समेत दोव्वर वृद्धी गरेको छ । २०७८ माघको १० देखि १५ गते सम्म आयोजना हुने दोश्रो संस्करण प्रतियोगितामा महिला/पुरुष समान रुपमा उपाधी विजेता टिमलाई नगद रु ३ लाख, उपविजेतालाई १ लाख ५० हजार, तेश्रो हुने टिमलाई ७५ हजार र सान्त्वना हुनेलाई नगद ३५ हजार प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न संस्थका सदस्य चन्द्र बहादुर खत्रीको संयोजकत्वमा एक प्रतियोगिता तयारी समिती समेत गठन गरेको छ भने समितीको सहसंयोजकहरुमा संस्थाका सदस्य शिव बहादुर श्रेष्ठ र गोविन्द बहादुर थापा मगरलाई जिम्मेवारी दिएको छ । साथै टिम समन्वय तथा खेल व्यवस्थापनको जिम्मेवारी संस्थाका सदस्य राजकुमार गुरुङ तथा नविन कुमार गुरुङलाई प्रदान गरिएको छ ।

प्रतियोगिताको राशी दोव्वर वृद्धी भए संगै मुख्य प्रायोजक राशीमा वृद्धी गरिएको संस्थाका कार्यसमिती सदस्य डिवी नेपालीले जानकारी दिएका छन । उनका अनुसार मुख्य प्रायोजकको राशी १५ लाख गरिएको छ भने अन्य सह–प्रायोजकका लागि १० र ५ लाख तोकिएको छ ।

संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको साधारण सभामा आफ्ना भनाई राख्दै अध्यक्ष शर्माले संस्थाको हरेक कृयाकलापमा सक्रिय सहभागिता जनाउन सवैलाई आग्रह गर्दै भने–“यो संस्थालाई जिवन्त बनाउन तय भएका कार्यदिशा र योजनालाई अझै उत्कृष्ट र पारदर्शीमा रुपमा अगाडी बढाउन हामी सवैले सामुहिक रुपमा प्रतिवद्धता व्यक्त गर्नुपर्छ ।” अध्यक्ष शर्माले माघ १० गतेबाट हुने प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघि बढाउन सवै सदस्यहरुको उत्तिकै प्रभावकारी रुपमा भूमिका निर्वाह गर्नु पर्ने खाँचो औल्याउँदै स्वदेश तथा विदेशबाट प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि आग्रह समेत गरे ।

साधरण सभामा संस्थाको विभिन्न गतिविधि बारे संस्थाका सचिव प्रकाश बरालले जानकारी गराएका थिए भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष हरि कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाका सदस्यहरु खगेन्द्र गौचन, राजकुमार गुरुङ, चन्द्र बहादुर खत्रीलाई स्वागत गरिएको थियो भने विष्णु गुरुङलाई बधाई तथा गुमान सिंह खड्का लाई विदाई गरिएको थियो । कार्यक्रममा वोल्दै संस्थाका उपाध्यक्ष देवेन्द्र केसीले संस्थालाई अझै उर्जाशिल बनाउन सवैलाई आग्रह गरेका थिए । कार्यक्रममा संस्थाका सदस्य शम्भु प्रसाद सुवेदीले नगद १५ हजार नगद सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close