मानार्थ अध्यक्ष राणाको निधनमा एनओसीले झण्डा झुकाउने

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीका मानार्थ अध्यक्ष एवं भारतका लागि नेपालका पूर्व राजदुत रुक्म शम्शेर राणाको निधनमा नेपाल ओलम्पिक कमिटी (एनओसी)ले झण्डा आधा झुकाउने भएको छ ।

राणको विहिबार राती ८५ वर्षको उमेरमा निधन भएको हो । एनओसीले एक विञप्ती मार्फत स्व. राणाको निधन प्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली खेलकुदले एक अभिभावक गुमाएको जनाउँदै तिन दिन एनओसीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । विज्ञप्तीमा भनिएको छ–“उहाँको निधनले सम्पुर्ण नेपाल ओलम्पिक कमिटी परिवार स्वब्ध भएको छ र नेपालको ओलम्पिक अभियानमा ठूलो क्षति हुन गएको छ ।”

स्व. राणा नेपाल तेक्वाण्दो संघ, नेपाल एथलेटिक्स संघ, अखिल नेपाल फुटबल संघ र नेपाल स्की संघका पूर्व अध्यक्ष पनि रहिसकेका थिए भने सन् १९९२ देखि १९९३ तथा १९९६ देखि १९९७ मा गरि २ पटक राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव पनि रहेका थिए । उनी ओलम्पिक काउन्सिल अफ एशियाको मिडिया कमिटीको अध्यक्षको रुपमा समेत कार्य गरेको एनओसीले जनाएको छ । नेपालमा ओलम्पिक अभियानमा महत्वपुर्ण भुमिका निभाएकोले स्व. राणालाई ओलम्पिक काउन्सिल अफ एशियाबाट ओसिए मेरियट अवार्ड बाट समेत सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close