जोमसोम सहित गण्डकी प्रदेशलाई माउन्टेन स्पोर्टसको दिगो विकासको खोजी गर्दै पोखरामा छलफल

प्रदेश सभा सांसद विष्टको संयोजकत्वमा टास्क फोर्स गठन

पोखरा स्पोर्टस । हिमाल पारीको जिल्ला मुस्ताङ ‘अपर मुस्ताङ’ लोमान्थाङ बाट निर्वाचित प्रदेश सभाका सांसद इन्द्रधारा विष्ट भन्दै थिए–“लोमान्थाङमा गल्फको केन्द्र बनाउन एउटा सम्भवयता अध्ययन गरौं भनेको  ७/८ लाख खर्च लाग्ने रहेछ ! ३/४ लाख खर्च हुने भए त म एक्लै आँट्ने थिंए !”

पोखरामा भएको एक राउण्ड टेवल छलफल कार्यक्रममा सांसद विष्टका भनाई सुन्दा लाग्थ्यो उनी जोमसोमलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन आतुर छन । उनी भन्दै थिए–“मेरो एक्लो प्रयासमा सम्भवयता सम्भवयता अध्ययनका लागि र्याफटिङ लगायतका प्रतियोगिताहरु आयोजना भए तर त्यसको प्रतिफल खासै प्राप्त हुन सकेन । एक पटक प्रतियोगिता आयोजना सम्पन्न भयो सकियो । त्यसले दिगो रुप पाउन सकेन ।”  तर अहिले सांसद विष्ट लोमान्थाङलाई गल्फको केन्द्र बनाउन खोजेका छन । उनी त्यसको सम्भवयताको खोजी गर्दै दिगो पन दिन चान्छन ।

सांसद विष्ट त्यतिमा खुसी छैनन । उनी गण्डकी प्रदेशमा जोमसोम सहित अन्य जिल्लामा अथाह सम्भावना वोकेको सहाशिक खेलकुदको विकासलाई दिगो बनाउन उद्धत छन । कम खर्च, प्रकितीले नै निर्माण गरिदिएको पुर्वाधार, त्यहाँको सांस्कृतिक पक्ष लगायतले हिमाल पारीको जिल्ला जोमसोम सहाशिक खेलकुदको गन्तव्य वन्न सक्नेमा ढुक्क छन राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द भट्टराई । उनी भन्छन–“हामीले खेलकुद विकासका लागि भन्दै अवौं लगानी गर्छौं तर हामी संग प्राकितिक वरदानबाट प्राप्त कुराहरुलाई ध्यान दिन सकेनौं ।

टास्क फोर्सको गठन
गण्डकी प्रदेशलाई माउन्टेन स्पोर्टसको हव बनाउन गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको संयोजकत्वमा टास्क फोर्स गठन गरिएको छ ।

उक्त टास्क फोर्समा युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश प्रतिनिधी, गण्डकी प्रदेश पर्यटन मन्त्रालयका प्रतिनिधी, प्रखेप गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, राखेप सदस्य गोविन्द भट्टराई रहेका छन ।

त्यसै गरी समितीमा जिल्ला समन्वय समिती मुस्ताङका अध्यक्ष छिरिङ ल्हामो गुरुङ, मुस्ताङ जिल्ला खेलकुदकी अध्यक्ष याम कुमारी शेरचन, जिल्ला प्रहरी कार्यालय मुस्ताङ, पर्यटन कार्यालय पोखराका प्रमुख, राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रतिनिधी, गल्फ विज्ञ भुवन गुरुङ, अल्पाइन स्पोर्टस विज्ञ उत्सव पाठक रहेका छन ।

साथै गठित समितीले आगामी साता देखि मुस्ताङको लोमान्थाङलाई आधार मानेर अध्ययन शुरु गर्ने भएको छ ।

छलफल कार्यक्रममा आफ्ना भनाई राख्दै माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका भट्टराई त्यतीमा रोकिएनन उनी भन्दै थिए–“आधारभुत खेलमा राज्यको लगानी खेर गइरहेको छ न त पदक नै प्राप्त गर्न सकेका छौं,” “खेलकुद मार्फत पर्यटनको हव बनाउन हाम्रो सोचमा परिवर्तन आवश्यक छ ।” विश्वमा पर्यटनको ‘ट्रेन्ड’ परिवर्तन भइरहेको बताउँदै अध्यक्ष भट्टराईले भने–“एशियाकै केन्द्र वन्न सक्ने ‘फ्ल्याट वाटर’को सम्भावनाको खोजी गरेनौ, धेरै सम्भावना रहेको ‘अल्पाइन’ स्पोर्टसको कुरा सुन्न नै चाहेका छैनौ ।”

सहाशिक खेलकुदको गन्तव्य बन्न सक्ने गण्डकी प्रदेश नेपालको एक मात्र प्रदेशको रुपमा रहेको रुपमा व्यख्या गर्दै राखेप सदस्य भट्टराइले भने–“चार हजार मिटर माथी गल्फको ‘प्रडक्ट’ शुरुवात गर्न सके यसले विश्व खेलकुदको ध्यान तान्ने छ ।” हिमाली जिल्लामा चिसो मौसममा तराई झर्ने स्थानियहरुलाई अल्पाइन खेलका सम्भावना र यस बाट प्राप्त हुने प्रतिफल बारे जागरुक गराउनु पर्ने उनले बताए । सहाशिक खेलकुदका लागि अल्ट्रा रनिङ, साइक्लिङ, रक क्लाइम्विङ, मोटर स्पोर्टस, विच गेम, गल्फ, ओरियन्टेरिङ, घोडा दौड, आर्चरी, वोटिङ, र्याफटिङ, दुवाथोलन/ट्राइयाथलन, स्केटिङ, स्नोवोर्डिङ लगायतका खेलहरु सहाशिक खेलकुदका कार्यक्रमहरु आयोजना गर्न सकिने उनको भनाई थियो ।

छलफल कार्यक्रममा आफ्नो धारणा अघि सार्दै प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुद संग पर्यटन जोडिएको बताउँदै गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन सवै पक्षको उत्तिकै खाँचो रहेको कुरा औंल्याए । उनले भने–“हामी अन्तर मन्त्रालय वा अन्तर कार्यालयहरुको संगको सम्वन्धलाई खेलकुद विकास संग जोड्न सक्यौं भने यसले दिगो विकासमा सहयोग पुग्नेछ ।” उनले गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तव्य बनाउन दिगो परियोजनाका साथ अघि बढ्नु पर्ने बताए । “हामी दिगो परियोजनाका साथ अघि बढ्यौं भने बजेटको समेत व्यवस्थाका लागि समस्या नहुन सक्छ” उनको भनाई थियो ।

यता गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव महेश्वर ढकाल जलवायु परिवर्तनले विश्वमा गम्भिर चिन्ता बढेको बताउँदै हिमाली क्षेत्रको जलवायु परिवर्तनको असरलाई रोक्न आधुनिक प्रविधीबाट हुने निर्माण कार्य निरुत्साहित हुनु पर्ने कुरामा जोड दिए । उनले भने–“हिमाली क्षेत्रमा कार्यक्रम आयोजना गर्दा खेलाडी मात्रै होइन दर्शक पनि ‘क्वालिटी’ हुनु पर्छ भने अर्को तर्फ सांस्कृतिक र वातावरणिय पक्षका बारेमा सचेत हुन आवश्यक छ ।” कोभिड १९ महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्र उकास्न आन्तरिक पर्यटनमा ध्यान दिनु पर्ने भनाई राख्दै भने–“हामीले हिमाली क्षेत्रमा उमेर समुहका खेलहरु आयोजना गर्यौ भने त्यसले खेलकुदको दिगो विकासमा सहयोग पुग्नेछ ।”

पर्यटन क्षेत्रमा लामो अनुभव संगालेकी तथा माउन्टेन स्पोर्टस फेडेरेशन गण्डकी प्रदेशकी उपाध्यक्ष समेत रहेकी लक्की क्षेत्री हिमाली क्षेत्रमा हुने खेलकुद विकास वा खेलकुदका कार्यक्रम आयोजना गर्दा त्यहाँको वातावरणिय पक्षलाई ध्यान दिनुपर्ने कुरा औंल्याइन । “हिमाली क्षेत्र सहाशिक खेलकुदका लागि सम्भावना बनेको क्षेत्र हो,” उनले भनिन–“कार्यक्रम आयोजना गर्दा त्यहाँको सांस्कृृतिक तथा सम्पदाको जर्गेना संगै त्यहाँको क्षमताको बारेमा समेत अध्ययन आवश्यक छ ।”

अन्नपुर्ण संरक्षण क्षेत्र (एक्याप)का राजकुमार गुरुङ मुस्ताङ लगायतका हिमाली क्षेत्र परम्परागत खेलहरुको लागि अद्वितिय रहेको धारणा अघि सार्दै खेलकुद कार्यक्रमहरु आयोजना गर्दा सांस्कृतिक र परम्परालाई समेत जोडन सके त्यसको महत्व बढ्ने बताए । त्यस्तै माउन्टेन स्पोर्टस केन्द्रिय सदस्य समेत रहेका बसन्त थकालीले खेलकुद मार्फत संस्कृतीको जर्गेना गर्दै पर्यटन सम्भाव्य रहेका परम्परागत खेलहरु मध्ये आर्चरी, घोडचढी लगायतका खेलहरु आकर्षण हुने बताए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ कार्यकारी सदस्य दिल बहादुर गुरुङ, ऋषी गौतम, पर्यटन बोर्ड पोखराका प्रमुख काशी भण्डारी, माउन्टेन स्पोर्टस फेडेरेशन वागमतीमा उपाध्यक्ष उमेश चौलागाई लगायतको सहभागिता रहेको थियो ।

१ प्रतिक्रिया

  1. सारै मन पर्यो तर जाने खेलाडी त नेपाल को लागी त ओलम्पिक मा गए जस्तो हुन्छ कि? पोखरा मा पहिलो सबै सुभिदा युक्त बनाये कसो होला । खेल भने को 365 दिन खेल्ने हो मनाङ म गोल्फ किर्स ? चैते हुरी जाडो म हिउँ माथी खेल्ने गल्फ बाल अहिले सम्म बनेको छैन । पोखरा लाई सुबिधा युक्त खेल हरु बनाए पछि यो पनि राम्रो बिचार हो।

    गल्फ लाई पर्यटक सङ जोरेर 3 वर्ष अघि एउटा अन्तर्राष्ट्रिय गल्फ कोर्स बनाउने घोषण गरेर बिगत 3 वर्ष सम्म न जग्गा पायेको छ न एक कौडी पैसा पाएको छ। गत तीन वर्ष मा 2 करोड आर्थिक वर्ष मा गल्फ को लागी आएको रंगशाला भित्र मिनि गल्फ एकेडेमी को लागि पाएको जग्गा को लागी भनी टाउको न भएको कुखुरा जस्तो मुख्य मन्त्री र आर्थिक, समाजिक मन्त्रालय मा गैयो यर हात लाग्यो सुन्य । मनाङ् मा एकेडेमी त हुन्न होला बेरु पोखरा मा तयार भएको गल्फ र हरु हेलि मा खेल्नु पठाउनु सकिन्छ होला।

    बैठक हरु र घोषणा हरु मा सिमित न भएर गर्नु सक्ने कुरामा अलि ध्यान दिये राम्रो होला।
    मेरो गुनासो त्यसैले गर्दा पोखरा लाई प्रथम Sports Hub को अव् धर्ना सफल पारी दिए कसो होला हजुर हो?

    धन्यवाद
    मेजर लक्ष्मी प्रसाद गुरुङ
    कास्की जिल्ला गल्फ संघ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close