नेपाल तेक्वान्दो संघद्वारा पारा तेक्वान्दो टिमलाई बिदाई

पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघद्धारा टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली पारा तेक्वान्दो टिमलाई आज शुभकामना सहित बिदाई गरिएकोछ ।

टोकियो २०२० पारा ओलम्पिक अन्तरगत यहि मिति २०७८ साल भाद्र १७ देखि १९ गते सम्म हुने पारा तेक्वान्दो खेलमा खेलाडी पलेशा गोवर्धन र प्रशिक्षकमा कविराज नेगी लामाले सहभागीता जनाउनेछन् । आज संघको सातदोवाटो स्थीत केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा नेपाली टोलीलाई विदाई गरिएको हो ।

संघका अध्यक्ष प्रकाश शम्शेर राणाको सभापत्विमा आयोजित सो समारोहमा महासचिव दीपराज गुरुङले स्वागत मन्तव्य सहित शुभ–कामना व्यक्त गर्दै पलेशाको सहभागीताका बारेमा प्रकाश पार्नुभएको थियो भने अध्यक्ष प्रकाश शम्शेर राणाले खेलाडी र प्रशिक्षकलाई फुलको गुच्छा र खादाद्धारा बिदाई गर्दै सफलताको लागी शुभ–कामना व्यक्त गर्नुभयो ।

उक्त बिदाईका अवसरमा ललितपुर धापाखेल स्थीत नागदह तेक्वान्दो डोजाङका पदाधीकारी र प्रशिक्षकले पलेशाको सफलताको कामना सहित प्रोत्साहन स्वरुप नगद रु २५ हजार प्रदान गर्नुभएको थियो । पलेशाले वाइल्ड कार्ड मार्फत छनौट हुन सफल भई प्(द्धद्ध समूह अन्तरगत ५८ के.जी मुनि वजन समूहमा सहभागीता जनाउने छिन्। यहि भाद्र ०४ गतेका दिन पारा तेक्वान्दो टिम टोकियो प्रस्थान गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close