
पोखरा स्पोर्टस । नेपाली फुटबलको छाता संस्था अखिल नेपाल फुटबल (एन्फा)को विवाद बारे राष्ट्रिय खेलकुद परिषद (राखेप) द्वारा गठित छानविन समितीले दोश्रो दिन पनि बयान लिने क्रम जारी राखेको छ ।
छानविन समितीले बुधवार चार जना संग बयान लिएको हो । बयान लिने क्रममा समितीले एन्फाका उपाध्यक्ष द्वय कृष्ण थापा र विर बहादुर खडका, महासचिव इन्द्रमान तुलाधर, राष्ट्रिय टिमका म्यानेजर मधुसुदन उपाध्याय र प्रशिक्षक बालगोपाल महर्जन सँग बयान लिएको हो ।
बिहिबार प्रशिक्षक अलमुताइरी सहित ६ जना सँग बयान लिइने
छानविन समितीले विहिवार नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्हा अलमुताइरी सहित ६ जना बयान लिइने छानविन समितीकी प्रचार प्रसार संयोजक सुवर्ण श्रेष्ठले पोखरा स्पोर्टसलाई बताइन । उनले भनिन–“भोली हामीले प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ सहित ६ जना सँग बयान लिंदै छौं ।”
छानविन समितीको बयान पछि प्रतिक्रिया दिंदै एन्फा उपाध्यक्ष विर बहादुर खड्काले नेतृत्व असफल भएकै कारण यो विवाद उत्पन्न भएको छानविन समितीलाई आफूले स्पष्ट पारेको बताए । उनले भने–“यो विवाद मन्त्रालय हुँदै राखेप सम्म आउने विषय नै थिएन हामीले नै एन्फा भित्र बसेर धेरै कुराहरु समाधान गर्दै आएका थियौं” उनले थपे–“विवाद छानविनका लागि मन्त्रालय र परिषद धाउनु भनेको नै नेतृत्वको असफलता हो ।”
एन्फाको २०७७ माघ ५ गतेको बैठकले नै राष्ट्रिय फुटबल टोलीको अफिसियल र राष्ट्रिय टिमका खेलाडीहरु बारे आचार संहिता पारित गरी सकेको बताउँदै भने–“आचार संहितको वुँदा नं ६ मा नै प्रशिक्षक र खेलाडीले टिम व्यवस्थापकको लिखित सहमती नभई सञ्चार माध्यम वा सामाजिक सञ्जालमा बोल्न र लेख्न नपाइने स्पष्ट किटानी गरेको छ ।” प्रशिक्षक अलमुताइरीका विषयमा भने यो लागु हुन नसक्नुमा टिम म्यानेजरको कमजोरी रहेको औल्याउँदै उनले भने–“हामीले पनि विदेशी प्रशिक्षकलाई यसबारे जानकारी गराएनौं यहिं नेर कमजोरी भयो ।”
छानविन समितीले विवाद समाधानका लागि के गर्न सकिन्छ भन्ने प्रश्न गरेको बताउँदै उपाध्यक्ष खड्काले समितीलाई आफूले यसबारे स्पष्ट आफ्ना भनाई राखेको बताउँदै भने–“यहाँ फुटबल सर्पाने भन्दा पनि विर्गाने धेरै भए, यो विवाद सबैको सहयोग रह्यो भने नमिल्ने विषय नै होइन, एन्फा यस्तो विवाद मिलाउन आफै सक्षम संस्था हो ।” यो विवाद एन्फाले आफै सुल्झाउन पर्नेमा आफूले जोड दिएको छानविन समिती समक्ष राखेको उनले पोखरा स्पोर्टस लाई बताए ।
उपाध्यक्ष थापाले भने–“प्रशिक्षकले सार्वजनिक रुपमा माफी माग्नु पर्छ”
यता एन्फाका उपाध्यक्ष थापाले छानविन समितीले आफूलाई एन्फामा भएको विवाद बारे सोधेको प्रश्नमा यसमा प्रशिक्षक अलमुताइरीको नै गल्ती रहेको आफ्नो भनाई राखेको बताए । उनले भने–“मैले स्पष्ट भनेको छु, वरिष्ठ उपाध्यक्षलाई राजनितिक भाषा प्रयोग गरी सामाजिक सञ्जालमा वरिष्ठ उपाध्यक्ष विरुद्ध अभिव्यक्ति दिनु आपत्तिजनक छ ।” उनले प्रशिक्षक अलमुताइरीका अभिव्यक्तीका तिन वटा गलत आधार रहेको बताउँदै उनले आफूले यहि कुरा छानविन समितीलाई प्रष्टाएको बताए ।
छानविन समितीले विवाद मिलाउने बारे सोधेको प्रश्नमा उपाध्यक्ष थापाले छानविन समितीलाई दिएको बयान उद्धृत गर्दै भने–“मैले छानविन समितीलाई स्पष्ट संग भनेको छु, प्रेस मिट गरेर प्रशिक्षक अलमुताइरी सहित हामीलाई वोलाउनुहोस उनले त्यहाँ वरिष्ठ उपाध्यक्ष संग मैले गल्ती बोलें भनेर सार्वजनिक रुपमा माफी मागुन अनि वल्ल यो कुरा समाधान हुन्छ ।” प्रशिक्षक अलमुताइरीले सार्वजनिक रुपमा माफी नमागे सम्म यो समस्याको समाधान नहुने उनले स्पष्ट पारे ।
बिहिबार प्रशिक्षक अलमुताइरी सहित ६ जना सँग बयान लिइने
छानविन समितीले विहिवार नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्हा अलमुताइरी सहित ६ जना बयान लिइने छानविन समितीकी प्रचार प्रसार संयोजक सुवर्ण श्रेष्ठले पोखरा स्पोर्टसलाई बताइन । उनले भनिन–“भोली हामीले प्रशिक्षक र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ सहित ६ जना सँग बयान लिंदै छौं ।”
