खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष अधिकारी प्रति गरिएको दुर्व्यवहारको चौतर्फी विरोध

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष एवम पत्रकार महासंघ कास्कीका साधारण सदस्य रन्जन अधिकारी प्रति भएको दुर्व्यवहारको चौतर्फी विरोध भएको छ ।

नेपाल पत्रकार महासंघ कास्की, प्रेस चौतारी नेपाल कास्की र अनलाइन पत्रकार संघ गण्डकीले छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै उनी माथी भएको दुर्व्यवहारको भत्र्सना गरिएको हो । गण्डक न्यूजका सम्पादक समेत रहेका अधिकारीले केही दिन अघि पोखराको एक सामुदायिक विद्यालयमा पुस्तक खरिद विक्रीको अनियमितता बारे समाचार प्रकाशित गरेका थिए । सोही समाचारको विषयलाई लिएर पत्रकार अधिकारी माथी फोन र सामाजिक संजालबाट धम्क्याउने काम भएको भन्दै सञ्चार संस्थाहरुले विरोध प्रकट गरेका हुन ।

नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले एक विज्ञप्ती जारी गर्दै घटना बारे ध्यनाकर्षण भएको जनाउँदै यस घटनाले स्वतन्त्र प्रेस माथी आक्रमण भएको जनाएकी छन । उनले घटनाको यथासिघ्र पर्दाफास गर्न र दोषीलाई कार्वाही गर्न माग समेत गरेकी छन ।

त्यसै गरी प्रेस चौतारी नेपाल कास्की र अनलाईन पत्रकार संघ गण्डकीले समेत छुट्टा छुट्टै विज्ञप्ती जारी गर्दै दोषीलाई यथासिघ्र कार्वाही गर्न भनेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close