शारिरिक सुगठनका उत्सव फाइनलमा चरणमा, भोट गर्न ६ दिनको समय

पोखरा स्पोर्टस । अमेरिकाको एक शारिरिक सुगठनको चर्चित म्यागजिनको मुख्य पृष्ठ (कभर पेज)का लागि भएको प्रतिष्पर्धामा उत्सव सिंह फाइनल चरणमा प्रवेश गरेका छन ।

अमेरिकाको टेक्ससमा वस्दै आएका शारिरिक सुगठनका खेलाडी उत्सव सिंह हिजो भएको सेमिफाइनलको नतिजा बाट फाइनल चरणमा प्रवेश गर्न सफल भएका हुन । उनले जित संगै नगद २० हजार अमेरिकी डलर अमेरिकाको चर्चित म्याग्जिन पत्रिका ‘फिचर्ड मसल एण्ड फिटनेस’ नामक पत्रिकामा उनको तस्विर मुख्य पृष्ठमा प्रकाशित हुनेछ । अन्तिम चरणमा उत्सवले ८ जना प्रतिष्पर्धीलाई जित्नु पर्ने छ ।

बुटवल स्थायी घर भएका उत्सव गत जुलाईमा अमेरिकाको टेक्ससमा सम्पन्न एक शारिरिक सुगठनको प्रतियोगितामा दुई वटा स्वर्ण हात पार्दै उक्त म्याग्जिनको कभर पृष्ठको प्रतिष्पर्धामा छनोट भएका थिए । उनी अमेरिकामा दुई वटा स्वर्ण हात पार्ने शारिरिक सुगठनका पहिलो नेपाली खेलाडी समेत हुन ।

नेपालमा उत्सवलाई जिताउन वुल्स म्यान क्लव, शारिरिक सुगठनका संघहरु, खेलाडीहरु अन्य खेलकुद संघ संस्था तथा खेलप्रेमीहरुले समेत भोटिङ गरिरहेका छन । उनलाई जिताउन अगस्त ५ तारिख सम्म भोटिङ गर्न सकिनेछ ।

उत्सवलाई जिताउन तलको लिंंकमा क्लिक गरेर भोटिङ गर्न सकिनेछ :
https://featured.muscleandfitness.com/2021/utsav-sing?fbclid=IwAR2KUmL2ivOueKDapojGtA2RWGX9ZuYwNthxlatkDb6WRivbBZdo5Jg78Ao

१ प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close