भारतिय आर्चरी प्रशिक्षक मिम गुरुङ भन्छन–“त्याग र समर्पणले नै म आज ओलम्पिकमा छु”

केशव पाठक/पोखरा स्पोर्टस । आर्चरी प्रशिक्षक मिम गुरुङ । यति बेला उनी भारतिय झण्डा मुनी ओलम्पिकका लागि जापानको टोकियोमा छन । विश्वकै दोस्रो ठूलो जनसंख्या भएको मुलुक त्यसमा पनि एक नेपाली, प्रशिक्षकको भूमिकामा हुनु सबै नेपालीका लागि गौरवको विषय हो ।

पोखरा बगर १ सिमपानीका मिम जुन दिन देखि खेलकुदको एकेडेमीमा छिरे त्यो दिन देखि पछि फर्किएर हेर्नु परेको छैन । भारतिय ५/८ गोरखा रेजिमेन्टमा कार्यरत उनी १२ वर्षको उमेरमा नै आफ्ना लाहुरे वुवाले भारत मेघालय शिलङ स्थित ‘व्याइज स्पोर्टस एकेडेमी’को होस्टलमा पु¥याए । उनको त्यहीं सबै कुरा परिक्षण भयो । उनी आर्चरी खेलका लागि छनोट भए । हुन न त उनी फुटबलमा फुटबलमा रुची राख्थे तर एकेडेमीलाई उनलाई आर्चरीमा छनोट ग¥यो । त्यसपछी उनलाई पछि फर्किएर हेर्नु परेको छैन ।

४१ वर्षिय मिमको आफ्नो खेल जिवनको २८ वर्ष भारतिय आर्चरी उकास्न दिएका समय स्वर्णिम युगको रुपमा रहेको छ । सन १९९३ मा एकेडेमी छिर्दा उनले कल्पना समेत गरेका थिएनन । तर उनको एक तमासको लगनशिलता अनि मेहनतले भारतिय टिमको प्रशिक्षकको भूमिकामा छन । उनी भन्छन–“यो अवसर नेपालीले पाउनु सहज छैन, यसमा त्याग, समर्पण संगै विशिष्ट हुनैपर्छ ।” “तिन वर्ष भयो मैले परिवार संग भेट्न समेत पाएको समेत छैन” उनले प्रश्न गर्दै थपे–“त्यसै यति ठूलो अवसर खोजेर कहाँ पाउनु ? मैले यसका लागि धेरै रगत पसिना र समय खर्चिएको छु ।”

सेनामा कार्यरत भए पनि उनलाई खासै सैनिक जिवन जस्तो अप्ठ्यारे भने छैन मिमलाई । खेलकुदका कारण छिटो छिटो ‘प्रमोशन’ पाएकोमा उनी गौरव गर्छन । उनी यतिबेला सुवदार मेजरको रुपमा कार्यरत छन । उनी १९९४, १९९७ र २००१ मा लगातार भारतिय आर्चरीका राष्ट्रिय च्याम्पियन समेत हुन । सन २००५ मा नेशनल इन्ष्टिच्यट अफ स्पोर्टस एकेडेमी (एनआइस) बाट प्रशिक्षकको डिप्लोमा हासिल गरेका मिमले सन २००२ बाट नै भारतिय टिमलाई प्रशिक्षण दिंदै आएका छन । उनको अन्तिम मिशन भन्नु नै ओलम्पिकमा सहभागिता थियो । “तर यसका लागि बाटो सहज थिएन । मैले यसका लागि नतिजा दिनु थियो । हरेक राष्ट्रिय र अन्तर्राष्ट्रिय इभेन्टहरु मेरा लागि सपना जस्तो बनेर उभिन्थे । जुन सपनाहरु वुन्थे त्यो विपनामा प्राप्त गरिरहें । आफ्नै मेहनतले । मेरा खेलाडीले पदक पाउँदै गए । अनि ओलम्पिकको अवसर जु¥यो ।”

चाहे त्यो चिनमा २०१४ मा सम्पन्न यूथ ओलम्पिक होस वा अन्य अन्तर्राष्ट्रिय इभेन्ट मिम बाट प्रशिक्षित खेलाडीले एक एक गर्दै सफलता चुम्दै गए । यूथ ओलम्पिकमा काश्य पदक सहितको अन्य नतिजा होस वा हालै फ्रान्समा सम्पन्न विश्व आर्चरी च्याम्पियनशिपमा भारतिय टिमको दवदवा, यो सबै देन मिमको थियो । उनले भारतिय आर्चरी प्रशिक्षकको करिव ३० देशको भ्रमण गरिसकेका छन । उनी टोकियो ओलम्पिकमा समेत पदकको पर्खाइमा छन । उनको सम्पूर्ण ध्यान टोकियो ओलम्पिकमा पदक तालिकामा रहेको बताउँदै भने–“भोली बाट टिम इभेन्ट र इन्डिभिजुअलका खेल शुरु हुँदैछन म एकदमै आशावादी छु हामी मेडल लिएर फर्किने छौं ।”

मिम गुरुङको यतिबेलाको ओलम्पिक यात्रा त्यसै सम्भव भने भएको होइन । सपना धेरैले बुनेका हुन्छन । उनको खेल जिवनमा एउटै मात्रै मन्त्र थियो ‘ओलम्पिक’ । खेलाडीको रुपमा नभए पनि प्रशिक्षकको रुपमा उनले त्यो हासिल गरे । सुत्दा समेत माथी सिलिङमा समेत ओलम्पिक रिङ अनि त्यहाँ लेखिएको ‘विन ओलम्पिक गेम’ लेखिएका अक्षरहरुले उनलाई संधै झक्झकाइ रह्यो । आज उनी आफ्नो टिमले पदक प्राप्त गरोस भन्नेमा छन । भारतिय टिममा रहेका तिन जना आर्चरी खेलाडी मध्ये दुई जना उनले प्रशिक्षण दिएका खेलाडी छन ।

टोेकियो ओलम्पिकको नतिजाले मात्रै उनको भारतको वसाई कति हुने भन्ने टुङ्गो लाग्ने मिम बताउँछन । करिव २४ वर्षे शैनिक जिवनबाट केही महिना पछि अवकास पाउँदै गरेका उनले भने–“अझै यहाँको वसाई कति हुने टुङ्गो लागेको छैन । फ्रान्समा हुने ३३ औं संस्करणको ओलम्पिकका लागि टिम सम्हाल्न दवाव आएको छ । तर मैले जवाफ दिएको छैन ।” आफ्ना श्रीमती, एक छोरा र एक छोरीलाई स्वदेशमा नै रहेका कारण सन २०१८ देखि उनले ओलम्पिकको तयारी लागि समेत तिन वर्ष देखि राम्रो संग भेटन समेत पाएका छैनन । तिन वर्षमा मार्चमा मात्रै १० दिनको व्रेक पाउँदा उनी सोझै एक साताका लागि पोखरा आएका थिए । उनले पोखरा स्पोर्टस संगको सम्वादमा भने–“हेर्नुस न म भारतमा छु भन्दा पनि लाजै लागेर आउँछ । अमेरिकामा नै वसे जस्तो गरि वर्षौ सम्म पनि परिवार भेट्न पाएको समेत छैन ।”

आफ्नो सफलताको पछाडी परिवारको साथ प्रमुख भएको बताउँदै मिम भन्छन–“तिन–तिन वर्ष सम्म छोरा छोरी श्रीमती वुवा आमा परिवारहरु भेट्न नपाउँदाको पिडा सायद धेरै नै छ । तर परिवारले साथ नदिएको भए म आज ओलम्पिकमा भारतको झण्डा मुनी हुँदैनथे पनि होला । यो विदेशको भूमिमा नेपालीले पाउने विरलै अवसर हो । यो अवसर मैले परिवारबाट पाएको छु । यसको रहस्यको पछाडी पुरै परिवारको हात छ ।” तर आफूले खेल जिवनमा धेरै थोक पाउँदा एउटा वाउले छोरा–छोरीलाई दिने वात्सल्य दिन नपाउँदा उनी दुःख मान्छन । उनी भन्छन–“मैले आफ्ना छोरीलाई टाढा बाट दिने माया भन्दा पनि नजिकबाट उनीहरुलाई दिनुपर्ने कुरा, सहकार्यका कुरा, वाउको सम्वन्ध कस्तो हुन्छ भन्ने कुरा दिन नपाउँदा दुःख भने लाग्छ ।”

अवकास पछिको जिवन उनी नेपालमा आर्चरीको विकासका लागि लगाउन चान्छन । उनले पाँचौ राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलको तर्फबाट प्रशिक्षकको भूमिका निर्वाह समेत गरेका थिए । उनले नेपालमा आर्चरी खेल विकासका लागि आफू संग योजनाहरु भए पनि त्यो लागु हुनेमा भने त्यती विश्वस्त भने छैनन । उनी भन्छन–“मैले धेरै पहिला आएर पनि आफ्ना योजनाहरु भनि सकेको छु । जव सम्म खेलाडी राज्यबाट ‘सेक्योर’ हुँदैन तव सम्म कुनै पनि खेल विकासले गति लिन सक्दैन ।” उनले सेना वा प्रहरीमा कार्यरतहरुलाई पद बढुवा गर्नु पर्ने र अन्यलाई रोजगारको अवसर प्रदान गर्न सके खेल विकासमा गति लिने उनको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close