नेपाल एशियन महिला भलिबल च्याम्पियनसिप खेल्नबाट बञ्चित

पोखरा स्पोर्टस । फिलिपिन्समा मिति २०७८ भाद्र १३ देखि २० (अगष्ट २९ देखि सेप्टेम्बर ५, २०२१) सम्म आयोजना हुने २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिप २०२१ खेल्नबाट बञ्चित भएको छ ।

कोभिड १९ को अति सम्वेनशिल क्षेत्र भएको कारण देखाउँदै आयोजक राष्ट्रले नेपाललाई प्रतियोगिताबाट बाहिर राखेको हो । जसका कारण नेपालको महिला टिमको पहिलो पटक यस्तो ठुलो प्रतियोगितामा तथा ठुला राष्ट्रहरु संग प्रतिस्पर्धा गरि अनुभव बटुल्ने ईच्छा र चाहनामा तुषारापात भएको नेपाल भलिबल संघले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।

कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको संघले जनाएको छ ।

यसले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुग्न गएको संघले भनाई छ । नेपाली खेलाडीहरुले यति ठुलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउनका लागि ठुलै तयारी गरिरहेको थियो । यसका साथै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाईएको छ । हालै मात्र वन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको अन्तिम छनोट गरी संघले आफ्नो सहभागिता जनाउन आर्थिक सहयोगका लागि राष्ट्रिय खेलकुद परिषद लगायतका संस्थामा आग्रह गरिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close