प्रदेश खेलकुद परिषद गण्डकीले मनायो ‘हनिमुन पिरियड’,‘हामी उत्साहित छौं’–सदस्य सचिव गुरुङ

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीको गठन भएको हनिमुन पिरियड अर्थात १ सय दिन पुगेको छ । संघिय संरचना अन्तर्गत गठन भएको प्रदेश खेलकुद परिषद १ सय दिन पुगेको अवसरमा एक पत्रकार भेटघाट कार्यक्रम मार्फत हाल सम्म भए गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।

परिाषदले १ सय दिन भित्रका आफ्ना गतिविधिहरु सार्वजनिक गर्दै परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले प्रदेशको खेलकुद विकासका लागि उत्साहित हुँदै अघि बढेको बताए । उनले भने–“हामी चुनौतीका बिच प्रदेशको खेलकुद विकासका लागि अघि बढेका छौं । हामी विच वग्रेल्ती चुनौती छन तर पनि हामी उत्साहित छौं ।” समाजमा मात्रै नभई राजनितिक नेतृत्वमा समेत खेलकुद विकासको चेतना र महत्व जगाउन आवश्यक रहेको धारणा राख्दै उनले भने–“खेलकुदको महत्व जव सम्म राजनितिकर्मीले बुझ्दैनन तव सम्म खेलकुद विकास अघि बढ्न सक्दैन ।”

नेपाली खेलकुदको संरचनागत रुपमा इतिहास लामो भए पनि अहिले पनि जिल्ला खेलकुदका कार्यालयहरु भाडामा सञ्चालन हुँदै आएको बताउँदै सदस्य सचिव गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पहिलो लक्ष्य विभिन्न खेलकुदका प्रशिक्षकहरु उत्पादन गर्नेतर्फ परिषद अघि बढेको जानकारी दिए । नेपालमा कोभिड १९ को दोश्रो लहर शुरु भए संगै भएको लकडाउनका कारण गठन भएको प्रदेश खेलकुद परिषदले आफूले भने जस्तै गरी यस आवमा कार्य गर्न नसकिएको बताउँदै उनले १ सय दिनमा परिषदले ४ वटा वोर्ड वैठक, २ वटा कार्य समितीको वैठक तथा जिल्ला अध्यक्षहरुको सहभागितामा जुम बैठकहरु सम्पन्न गरिएको बताए ।

परिषदले पोखरा रंगशालामा करिव ६५ लाखको लागतमा प्रशासनिक भवनको निर्माण गरिरहेको बताउँदै सदस्य सचिव गुरुङले पोखरा रंगशालामा शौचालयको समस्या देखिएको बताउँदै करिव २५ लाखको लागतमा यहि असार मसान्त सम्म निर्माण सम्पन्न हुने गरी निर्माण कार्य अघि बढेको बताए । परिषदले यो विचमा आफ्नो लोगो र भिजन स्टेटमेन्ट समेत तयार गरी अघि बढेको बताउँदै आर्थिक वर्ष २०७८–०७९ का लागि नवनियुक्त मुख्यमन्त्रीलाई बधाई दिंदै कम्तिमा पनि प्रदेशको कुल बजेटको २ प्रतिशत बजेट विनियोजनका लागि आग्रह गरिएको उनले बताए । उनले प्रदेश सरकारका मुख्यमन्त्रीलाई १३ औं दक्षिण एशियाली खेलकुद र ८ औं राष्ट्रिय खेलकुदमा पदक विजेताहरुलाई प्राथमिकताका आधारमा कोभिड विरुद्धको खोप यथासिघ्र उपलव्ध गराउन आग्रह गरिएको बताए ।

यस्तो छ प्रदेश खेलकुद परिषदको १ सय दिने यात्रा

प्रदेश खेलकुद परिषद, गण्डकी

१०० दिनको यात्रा

नेपालमा संघीयता लागु भए पश्चात गण्डकी प्रदेशमा पनि खेलकुद विकास गर्ने हेतुले खेलकुद ऐन पारित अवस्थामा गण्डकी प्रदेश खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (७) बमोजिम मिति २०७७ चैत्र १ गतेको मन्त्रि परिषद्को बैठकले निर्णय गरि चैत्र ४ गते मनोनयन पत्र माननिय मन्त्रि ज्यु मार्फत प्राप्त गरे पश्चात आजको दिनमा १०० दिन पुरा भएको छ ।

अहिले विश्वमै विश्व महामारी COVID – १९ को समस्याबाट गुज्रीरहेको अवस्थामा स्वाभाविक रुपले हाम्रा दैनिक गतिविधिहरुलाइ पनि यसले असर पारेकै छ । तथापी यो विषम परिस्थिती सँग सामना गर्दै सम्भव भए जति गतिविधिहरु निम्न लिखित रहेको जानकारी गराउन चाहन्छौं ।

१. परिषद्को वैठक – ४ पटक
२. कार्यकारी समितिको वैठक – २ पटक
३. ZOOM वैठक

४. ठेलो खेल सम्बन्धि नियम बनाउने एक वृहत छलफलको आयोजना

५. २०७७ / १२ / २८ International Day of Sports for Development and Peace

विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस (April 6) लाई भव्यताका साथ मनाउने क्रममा विभिन्न क्षेत्रका विज्ञहरुलाई आमन्त्रण गरि प्यानल छलफल (Panel Discussion) को आयोजना गरि नीति तथा योजना आयोगका उपाध्यक्ष, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, निजि विद्यालयका संचालक, मानोवैज्ञानिक परामर्शकर्ता, ओलम्पियन खेलाडीहरुले आ आफ्नो प्रस्तुतीकरण गरेका थिए भने विभिन्न खेल संघ, खेलकुद क्लबका पदाधिकारी र संचारकर्मी गरि १३४ जनाको सहभागितामा एक दिने गोष्ठीको आयोजना गरिएको थियो ।

६. नव नियुक्त प्रदेश खेलकुद परिषदका सदस्यहरु तथा जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारी एवं सदस्य ज्यु हरुलाई मनोनयन पत्र हस्तान्तरण कार्यक्रम

७. नव नियुक्त युवा तथा खेलकुद मन्त्रि माननिय राजिब गुरुङ ज्यु लाई परिषद्को तर्फ देखि स्वागत तथा बधाई ज्ञापनको कार्यक्रम

८. प्रदेश खेलकुदको प्रशासनिक भवन निर्माण उपभोक्ता समितिको गठन
उपभोक्ता समितिका अध्यक्ष : श्री योगेन्द्र बस्नेत
९. पोखरा रंगशाला परिसर भित्र शौचालय र बाथरुम निर्माण गर्नका लागि एक भेलाको आयोजना गरि उपभोक्ता समिति गठन गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close