खेलकुद महासंघद्वारा म्याग्दी दरवाङको स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान

पोखरा स्पोर्टस । विश्व लगायत नेपालमा कोभिड १९ को दोश्रो लहर जारी रहेकै बेला नेपाल खेलकुद महासंघले म्याग्दी दरवाङ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोभिड १९ विरुद्धको अभियानमा पूर्व मेची देखि महाकाली सम्म आवश्यक परेको स्थान तथा फ्रन्ट लाइनमा खट्नेहरुका लागि महासंघले स्वास्थ्य सामाग्री वितरण गर्दै आएको हो । सो कार्यक्रम अन्तर्गत दरवाङको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलव्ध गराइएको महासंघका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुवास श्रेष्ठले बताएका छन ।

महासंघले स्वास्थ्य केन्द्रका लागि २ हजार ५ सय थान मास्क, १ कार्टुन सेनिटाइजर र १ सय थान फेस सिल्ड प्रदान गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेतले म्याग्दी समाजका भिम सेरचन, डा. विश्वास गौचन र बसन्त भट्टचनलाई ति स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । सो अवसरमा महासंघका उपाध्यक्ष सुदर्शन गुरुङ लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close