‘सरकारले घोषणा गरेको निती कार्यक्रम तथा बजेट स्वागत योग्य’–पर्वतिय खेलकुद महासंघ

पोखरा स्पोर्टस । पर्वतिय खेलकुद महासंघ नेपालले नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ को लागि प्रस्तुत गरेको निती कार्यक्रम तथा बजेट स्वागत योग्य तथा उत्साहित गर्ने रहेको जनाएको छ ।

महासंघले एक दशक देखि उठाउँदै आएको बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ्ग, र्याफटिङ, प्याराग्लाइडिङ्ग लगायतका शाहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु यस महासंघको लागि साच्चै खुसीको कुरा रहेको उल्लेख गर्दै दिगो पर्यटन, दिगो विकास र समृद्ध नेपालको लागि खेलकुद क्षेत्रलाई प्रस्ट किटान हुनु सुखद पक्ष रहेको जनाएको छ ।

महासंघले एक विज्ञप्ती जारी गर्दै पहिलो पटक खासगरी खेलकुद क्षेत्रमा नेपाल र नेपालीको भावना समेटने निती कार्यक्रम सहितको बजेट आएको अनुभूति गरेका जनाउँदै बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले उत्साहित बनाएको जनाएको हो । अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा नै नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्य हो । त्यस्तै, विश्वस्तरको खेल विद्यालयले कम्तिमा आम विषय अब सिंहदरबारको पनि विषय बन्न पुगेको अनुभूति भएको छ ।”

पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा अरु आशा लाग्दो विषय रहेको जनाउँदै हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण, काठमाडौँ र पोखरा फेवा ताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक कार्यक्रम रहेको उल्लेख गर्दै बजेटको सफल कार्यान्वयनमा चनाखो बन्न सबैलाई आह्वान समेत गरेको छ ।

महासंघले एक विज्ञप्ती जारी गर्दै पहिलो पटक खासगरी खेलकुद क्षेत्रमा नेपाल र नेपालीको भावना समेटने बजेट आएको अनुभूति गरेका जनाउँदै बजेटको आकार भन्दा त्यसले सम्बोधन गरेको र स्वीकार गरेको वास्तविकताले उत्साहित बनाएको जनाएको हो । अध्यक्ष गोविन्द भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा नै नेपाली खेलकुदको आगामी र अग्रगामी भविष्य हो । त्यस्तै, विश्वस्तरको खेल विद्यालयले कम्तिमा आम विषय अब सिंहदरबारको पनि विषय बन्न पुगेको अनुभूति भएको छ ।”

त्यसै गरी सहाशिक पर्यटनको लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यान्वयन भए, अल्पाइन र माउन्टेन क्षेत्रमा शाहसिक खेल मार्फत पर्यटन प्रवर्धन गर्ने लामो अभियान सफल भएको मानिने जनाउँदै पहिलो पटक वाटर स्पोर्ट्सलाई प्रस्ट सम्बोधन गरिएकोमा स्वागत गरिएको छ ।

महासंघले एक दशक देखि उठाउँदै आएको बञ्जी, माउन्टेनियरिंग, रक क्लाइम्बिङ्ग,र्याफटिङ, प्याराग्लाइडिङ्ग लगायतका शाहसिक खेल मार्फत दिगो पर्यटनको योजना बन्नु यस महासंघको लागि साच्चै खुसीको कुरा रहेको उल्लेख गर्दै दिगो पर्यटन, दिगो विकास र समृद्ध नेपालको लागि खेलकुद क्षेत्रलाई प्रस्ट किटान हुनु सुखद पक्ष रहेको जनाएको छ ।

अर्थ मन्त्री पौडेलले आव २०७८/०७९ का लागि यूवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्व ७४ करोडको वजेट प्रस्तुत गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close