खेलकुदमा गण्डकी प्रदेश सरकारको प्राथमिकता : अन्तर्राष्ट्रियस्तरका पूर्वाधारको निर्माणमा जोड

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले आगामी वर्ष खेलकुदका लागि अन्तर्राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिने भएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आज संसदमा विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन । उनले भनेका छन–“खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइनेछ साथै अन्तर्राष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइनेछ ।”

युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सिद्धान्त र प्राथमिकतामा प्रस्तुत गर्दै मन्त्री गुरुङले युवाको सीप र नेतृत्वलाई क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने उल्लेख गरेका छन ।

त्यसै गरी खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री गुरुङले प्रस्तुत गरेको विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकतामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close