खेलकूद मन्त्री गुरुङलाई प्रदेश खेलकुद परिषदले दियो बधाई

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका नवनियूक्त यूवा तथा खेलकुद मन्त्री राजिब गुरुङलाई प्रदेश खेलकुद परिषदले बधाई दिएको छ ।

प्रदेश खेलकुद परिषदका अध्यक्ष समेत रहेका मन्त्री गुरुङलाई मन्त्रालयमा परिषदले आयोजना गरेको बैठकमा बधाई तथा कार्य सफलताको शुभकामना दिएको हो । सो अवसरमा मन्त्री गुरुङले भने–“गण्डकीमा यूवा तथा खेलकुद मन्त्रालय नयाँ स्वरुपमा अगाडी आएको छ, हामी पनि सबै नयाँ नै छौं त्यसैले चुनौती सँग जुझ्दै अगाडी बढ्नु छ ।”

मन्त्रालयको पदभार ग्रहण लगतै आफूले सुक्ष्मरुपमा सबै कुराको अध्ययन गरीरहेको बताउँदै मन्त्री गुरुङले खेलको विकास सँगै खेलाडीको हितमा मन्त्रालय सँधै अघि बढ्ने बताए । उनले नवौं राष्ट्रिय खेलकूदको तयारीमा जुट्न आग्रह गर्दै प्रदेश खेलकूद परिषदको कार्यलयको व्यवस्थापन सँगै सहज वातावरणमा सबै खेलहरुलाई प्रशिक्षण स्थल उपलव्ध गराउने बताए । उनले खेलाडीलाई खेल सँगै स्वरोजगार मुखी अभियानमा समेत अगाडी बढाउने कार्यक्रमहरु मन्त्रालयले तय गर्ने बताए ।

सो अवसरमा मन्त्री गुरुङले प्रदेश खेलकूद परिषदमा मनोनयन भएका बागलुङकी आकृती भण्डारी र कास्कीकी विष्णु माया गुरुङलाई मनोनयन पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा मन्त्री गुरुङलाई परिषदको तर्फबाट स्वागत तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गण्डकी खेलकुद परिषदका सदस्य सचिब तेज गुरुङले परिषदले तय गरेका कार्यक्रमहरुलाई प्राथमिकताका साथ अघि बढाउने बताए । उनले कोभिड १९ का विच पनि नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी लगायतका खेलकुद बिकासमा विशेष ध्यान दिनुपर्ने अहिलेको प्रमुख आवश्यक्ता रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button
Translate
Close
Close